घुम्टे युवा परिवार र महिला जागरण केन्द्र गलकोट मल्मले विकृति न्युनिकरण सम्बन्धि जनचेतनामूलक गेष्ठी सम्पन्न गरेको छ । सभ्य समाज निर्माणको लागि विकृति विसंगतिको अन्त्य आवश्यक रहेकाले यसै विषयसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम गरिएको महिला जागरण केन्द्र मल्मका अध्यक्ष ललिता थापाले बताईन् ।
कार्यक्रममा गलकोट नगरपालिका वडा नम्बर–७ का जनप्रतिनिधि, राजनैतिक दलका प्रमुख, विभिन्न संघ संस्थाका प्रतिनिधि, महिला समुहका प्रतिनिधी तथा स्थानियवासी सहभागी थिए ।
गोष्ठीमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक बालनरसिंह राणा, जिल्ला प्रहरी कार्यालय बागलुङकै महिला तथा बालबालिका शाखा प्रमुख अनु राई र आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङका सम्पादक राम बहादुर जिसीले सहजीकरण गरेका थिए ।
गोष्ठीमा मादक पदार्थ सेवन, अपराध न्यूनिकरण, लागु औषध दुव्र्यसनी न्यूनिकरण, समाजमा महिलाको नेतृत्वदायी भुमिका, महिला हिंसा, व्यावसायिमा जोडिदै आर्थिक सम्वृद्धि र स्वस्थ रहन स्थानीय उत्पादनको प्रयोग तथा व्यावसायिक बिक्री लगायतको विषयमा सहजीकरण गरिएको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए ।
कार्यक्रममा प्रहरी नायव उपरिक्षक बाल नरसिंह राणालाई स्वागत गरिएको थियो । सो अवसरमा प्रनाउ राणाले सभ्य र शान्त बनाउन प्रहरीको मात्रै मुख ताक्ने परम्पराको अन्त्य गर्न आम समुदायको महत्वपुर्ण भुमिका हुने बताए ।
कार्यक्रम महिला जागरण केन्द्र गल्कोट नगरपालिका–७ मल्मका अध्यक्ष ललिता थापाको अध्यक्षता, केन्द्रका कोषाध्यक्ष मिरा खडकाको स्वागत र घुम्टे युवा परिवार मल्मका अध्यक्ष थम्मन थापा सन्देश र केन्द्रका सचिव सरस्वति केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।



















































































































































































































