११ कार्तिक २०८३, मंगलवार

 

३ वर्षमा भूकम्प प्रभावितका २ लाख ७० हजार घर बने

भूकम्प गएको ३ वर्षपछि २ लाख ७० हजार घर पुनर्निर्माण भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आँकडा अनुसार ५ लाख ४१ हजार ७ सय घर बनिरहेको अवस्थामा छन् ।

भूकम्पपछि अति प्रभावित १४ जिल्लामा ७ लाख ७ हजार ४ सय ४३ र कम प्रभावित १८ जिल्लामा १ लाख ४३ भूकम्प प्रभावित परिवार अनुदान पाउने सूचीमा परेका थिए ।

यस्तै घर आंशिक क्षति भएर मर्मतका लागि १ लाख अनुदान पाउने सूचीमा अति प्रभावित १४ जिल्लामा ४६ हजार ९ सय २९, कम प्रभावित १८ जिल्लामा ५ हजार १ सय २५ परेका थिए ।

यीमध्ये अति प्रभावित १४ जिल्लामा ६ लाख २७ हजार २ सय २ र कम प्रभावित १८ जिल्लामा ९१ हजार ३ सय २२ परिवारसँग अनुदान सम्झौता भएको थियो ।

प्राधिकरणले कूल ९ लाख ९६ हजार ५ सय ८२ घर सर्वेक्षण गरेको थियो । जसमध्ये कूल ८ लाख ७ हजार ४ सय ८६ अनुदान सूचीमा परेका थिए ।

३ किस्तामा अनुदान दिएको प्राधिकरणले पहिलो किस्ताबापत ७ लाख १४ हजार १ सय ९६ परिवारलाई वितरण गरेको छ ।

४ लाख ६९ हजार ४ सय ४८ परिवारलाई दोस्रो किस्ता भुक्तानी गरेको भने २ लाख ५८ हजार ५ सय ९९ परिवारलाई तेस्रो किस्ता वितरण गरेको छ ।

यो वर्षभित्र भूकम्प प्रभावितका सम्पूर्ण घर निर्माण गरिसक्ने लक्ष्य लिइएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली बताए । उनले भने– ‘पुनर्निर्माणको सबैभन्दा बढी काम यो आर्थिक वर्षमा हुनेवाला छ । धेरै घरहरू निर्माणको क्रममा अघि बढिरहेको अवस्था छ । निर्माण सामग्रीको व्यवस्थापन, पैसा प्राप्त गर्न सक्ने अवस्था, कामदारहरू जुटाउनेलगायतको वातावरण बनाउने काममा लागिरहेको छु ।’

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung