२६ भाद्र २०८३, शुक्रबार

 

यति एयरको जहाज घाँसे मैदानमा, सवै यात्रु सकुशल

- केही समयका लागि विमास्थल बन्द

यति एयरको जहाज त्रिभुवन अन्र्तराष्टिय विमास्थलबाट चिप्लिएर घाँसे मैदानमा पुगेको छ । विमास्थलमा अवतरण गर्ने क्रममा चिप्लिएर जहाज घाँसे मैदानमा पुगेको हो । जहाजमा सवार यात्रुहरु सवै सकुशल रहेको विमास्थल स्रोतले जानकारी दिएको छ । जहाजमा २१ जना यात्रु थिए ।

ठूलो दुर्घटना हुनबाट जहाज जोगिएपछि विमास्थलमा उद्धारका लागि नेपाल प्रहरी, शसस्त्र, नेपाली सेना, प्रशासन, स्थानीय खटिएका छन । जहाज दुर्घटनाको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समयका लागि बन्द गरिएको छ । नेपालगंञ्जबाट काठमाण्डौंमा आएको जहाज अवतरणको क्रममा दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung