सरकारले ७ सय ५० मेगावाटको पश्चिम सेती जलाशय जलविद्युत आयोजनामा चिनियाँ कम्पनी थ्री गर्जेजसँगको सम्झौता खारेज गरेको छ । ६ बर्षसम्म विभिन्न बाहना र सम्झौता गर्नमा भुलेको गर्जेगलाई उक्त आयोजना निर्माणको समझदारी खारेज गरेको हो ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको लगानी बोर्डको ३२औं बैंककले खारेजीको निर्णय गरेको हो । आयोजना निर्माणको उपयुक्त मोडालिटी तयार गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, अर्थ मन्त्री र बोर्डका प्रमुख कार्यकारी अधिकृत सम्मिलित उच्चस्तरीय समिति गठन गरिएको छ । समितिलाई उचित मोडल तयार गरी बोर्डमा पेस गर्न निर्देशन दिइएको छ । आयोजना निर्माणको मोडालिटी पेस गर्न समिति गठन गरे पनि बोर्डले चिनियाँ कम्पनीसँगको समझदारी खारेज गरेको उल्लेख गरेको छैन ।

आयोजना निर्माण गर्न अर्को विदेशी कम्पनीलाई दिने वा नेपाल आफैले बनाउने भन्ने बारेमा नयाँ शिराबाट अगाडी बढ्ने बोर्डका सिइओ महाप्रसाद अधिकारीले बताए ।