बागलुङ बुर्तिबाङ खण्ड अन्र्तगतको तुरतुरे पहिरो हटाएसंगै शनीबार बाट ुिसधा रुपमा सवारीका साधन सञ्चालमा आएका छन् ।
गत भाद्र २९ गतेदेखि पहिरोका कारण अवरुद्ध बनेको बुर्तिबाङ भिमगिठे सडक खण्ड अन्र्तगतको मध्य पहाडी लोकमार्ग शनीबार सांझदेखि सञ्चालनमा आएको छ ।
ढोरपाटन नगरपालिका र वडिगाड गांउपालिकाको सिमानामा पर्ने तुरतुरे भन्ने स्थानमा पहाडै खसेर करिब २ सय मिटर लामो मध्यपहाडी लोकमार्ग सडक अवरुद्ध बनेको अवस्थामा करिब १५ दिनको समयमा निरन्तर ५ वटा स्काभेटरको सहायताले पहिरो हटाएसंगै सडक सञ्चालनमा आएको हो ।
अति व्यस्त मानीने उतm सडक खण्ड अवरुद्ध हुंदा पश्चिम बागलुङको जनजिवन प्रभावित हुनुका साथै व्यवसाय चौपट बन्नुका साथै यात्रुलाई समस्या भएको थियो । सडक खुलेसंगै पश्चिम चार स्थानिय तहका नागरीक खुसि भएका हुन् ।सडक डिभिजन कार्यालय र मध्यपहाडी लोकमार्गको सम्मोन्यमा बुर्तिबाङ स्थित अदै कन्ट्रक्सनले जिम्मा पाएको उतm सडकको पहिरो हटाउने कार्यमा चार स्काभेटरको सहाएताले दुवै क्षेत्रबाट निरन्तर काम भएसंगै आज सकिएको अदै कन्ट्रक्सनका प्रमुख दिपक अदैले बताए ।

आफुहरुले काम सम्पन्न गरेपनी लोकमार्ग आयोजनाको तर्फबाट पेश्कि समेत नपाएको बताए । सडक खुलेसंगै आजै बागलुङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल तथा मध्यपहाडी लोकमार्गका डिई रमेश द्दृष्टि लगाएतको टोलीले पहिरोको अवलोकन गर्नुभएको बताईएको छ ।
अवरुद्ध भएको २३ दिनपछि पहिरो खुलेसंगै नजिकै आईरहेको दशै तिहार जस्ता चाडपर्व र बुर्तिबाङमा हुने कोजाग्रत पुर्णिमा मेलाका लागि आवत जावत संगै विभिन्न स्थानमा पुग्ने यात्रुका लागि सहज हुनुका साथै सिधा रुपमा मालसामान ल्याउन सकिने भएका कारण ग्राहकले महंगो मूल्यमा सामान खरिद गर्नुपर्ने बाध्यता हट्ने भएको हो । त्यस्तै पहिरोका कारण अवरुद्ध बनेको तुरतुरे ताल अझै हट्न सकेको छैन् । ताल खुलाउने कि सम्रक्षण गर्ने भन्ने बिषयमा बिभिन्न क्षेत्रमा बहस भईरहेका छन् ।



















































































































































































































