म्याग्दीको गुर्जा हिमालमा शुक्रबार राति पहिरो जाँदा चार नेपालीसहित ८ जनाको मृत्यु भएको छ । बुर्जा हिमाल आरोहरणमा रहेका चारजना कोरियाली पर्यटक र उनीहरूको साथमा रहेका चार नेपाली भरिया हिमपहिरोमा पुरिएर मृत्यु भएको हो।
हिमपहिरोमा पुरिएकाहरूको उद्दारका लागि पुगेका सिम्रिक एअरका वरिष्ठ क्याप्टेन सिद्धार्थजंग गुरुङका अनुसार छवहरू यत्रतत्र छरिएको भेटिएको छ। घटनास्थल गुर्जा गाउँपालिकामा पर्छ।
ट्राफिक प्रहरीका अनुसार घटना शुक्रबार राति करिब १० बजेतिरको हो। हावाहुरीसहित आएको हिमपहिरोले पर्यटहरू बसेको उक्त क्याम्प नै खसेको प्रहरीले जनाएको छ। विस्तृत विवरण आउँन बाँकी छ ।



















































































































































































































