७ जेष्ठ २०८१, सोमबार

 

यसरी गरिएको छ कालिका मन्दिरमा पुजा व्यवस्थापन, फ्रि वाईफाई पनि

बागलुङ कालिका भगवतीको मन्दिरमा दशैँको अवसरमा पुजाआजा गर्ने भक्तजनको निकै भीडभाड हुने गरेको छ । मन्दिरमा आउने भक्तजनलाई पुजा गर्न आवतजावत गर्न सजिलो होस भनेर विशेष व्यवस्थापन गरिएको कालिका भगवती गुठी बागलुङका अध्यक्ष राजु खड्काले बताए ।

यस वर्ष पहिलो पटक निशुल्क वाईफाईको व्यवस्था गरिएको छ । ‘वलिदिने ठाउँको नयाँ व्यवस्थापन गरिएको छ,’ अध्यक्ष खड्काले भने, ‘कुखुरा, बोका र राँगको बलिदिनका लागि छुट्टा छुट्टै स्थान बनाएका छौँ ।’

त्यस्तै धुपवत्ति वाल्ने ठाउँलाई थप सुरक्षित बनाईएको छ । ‘धुपवत्ति गर्ने ठाउँलाई थप व्यवस्थापन गरेर सुरक्षित बनाएका छौँ,’ खड्काले थपे, ‘यसबाट आगोले पोल्ने र आगलागि हुनसक्ने सम्भावना न्युनिकरण भएको छ ।’

फोहोर व्यवस्थापन गर्नका लागि छुट्टा छुट्टै दुई ठाउँ बनाएर काम भएको उनले बताए । गणेश मन्दिर र भागवति मन्दिरको विचमा आकर्षक पानीको फोहरा बनाईएकाले फोटो खिच्नेहरु यसतर्फ आकर्षित हुने गरेका छन् ।

नरिवाल काट्ने र चढाउने स्थानलाई पनि थप व्यवस्थापन गरिएको छ । भक्तजनको चाप धेरै भएकाले शौचालयको सरसफाई र व्यवस्थापनमा भने केहि समस्या रहेको कालिका भगवति गुठीले जनाएको छ ।

पाल्पाका राजा मुकुन्दसेनले आफ्नी छोरीको विवाह तत्कालिन पर्वतका राजा प्रतापनारायण मल्लसँग गरिदिएपछि दाइजोका रूपमा कालिकाको मूर्ति दिएकोमा त्यही मूर्ति मन्दिरमा राखिएपछि यो मन्दिरले चर्चा पाउन थालेको बताइन्छ ।

यो मन्दिर सदरमुकाम बागलुङ बजारबाट पूर्व कालिगण्डकी र कोठेखोलाको संगममा रहेको हात्तीसुँडे जंगलमा छ । दसैंको कालरात्री र नवमीका दिन यहाँ राँगा, कुखुरा, सुगुर तथा परेवाको बलि दिइन्छ ।

प्रतिक्रिया दिनुहोस्