२६ भाद्र २०८३, शुक्रबार

 

सहश्रधारा र क्यानोनिङमा पर्यटकको आकर्षण

 एकसाता सम्म यहा“ बस्दा देशभरका खेलाडीहरु गलकोट स्थित सहश्रधारा झरना पुगेर फोटो खिचाए । २२ औं राष्ट्रिय भलिबल प्रतियोगिताका लागि आएका खेलाडी, प्रशिक्षक र भलिबल क्षेत्रका पदाधिकारीले समय मिलाएर नछुटाएको यो गन्तव्यमा सर्वसाधारणको पनि आकर्षण बढेको छ ।

उपाधि बिजेता एपिएफकी सरस्वती चौधरीले झरनामै फोटो सेसन गरेपछि स्थानीय मानिसपनि यहा“ पुगेर फर्कनेको लर्को लाग्न थालेको छ । आर्कषक र झरना समेत भएको यहा“ गलकोट नगरपालिकाले पर्यटक भित्राउने योजना पनि बनाएको नगरप्रमुख भरत शर्मा गैह्रेले बताए । ‘यो झरनालाई पर्यटकीय गन्तव्य बनाउनका लागि क्यानोनिङको पनि व्यवस्था गरिएको छ’ उनले भने, ‘स्थानीय तहको आम्दानीको श्रोत समेत यो बनाउन सबैको ध्यान गएको छ ।’ नगरपालिकाले वडा नं. ३ को गौरवको योजनामा यो झरलनालाई प्राथमिकता दिएको हो ।

नगरपरिषदले चालु बर्षका लागि पनि ५५ लाख बजेट बिनियोजन गरेर सडक मर्मत र क्यानोनिङको डिपिआर बनाउने काम थालिसकिएको वडा अध्यक्ष बिरजंग भण्डारीले बताए । इगल सोलुसन काठमाण्डौले झरना व्यवस्थापन, पोखरी पूर्वाधार निर्माण, चेन्जिङ कोठा, शौचालय र पदमार्ग समेतको व्यवस्थापन गर्ने डिपिआर बनाएको हो । सहश्रधारा व्यवस्थापनको काम भैरहेकोले आउका पाहुनालाई सहज बसोबास, घुमाई र मनोरञ्जनको व्यवस्था गर्न नसकिएको भण्डारीले बताए । ‘क्यानोनिङ अभ्यासको रुपमा गरिएको छ, दिगो रुपमा चलाएपछि पर्यटनको राम्रो बिकास हुनेछ’ उनले भने, ‘हरेक वडामा पर्यटकीय गन्तव्य बनाएर नगरपालिका लाई समृद्धिमा लैजान खोजेका छौं ।’

पर्यटक भित्राउने योजनामा केन्द्रीय र प्रदेश सरकारबाट पनि सहयोग जुटाउने यहा“का सांसदले पनि आश्वासन दिएपछि स्थानीय खुसी भएका छन् ।यो क्यानोनिङ स“गै निलुवा, घुम्टे, पाण्डवखानी र गलकोट दरबारलाई एकीकृत पर्यटकीय कार्यक्रम बनाएर अगाडि बढ्ने योजना समेत थालिएको उपप्रमुख रेणुका काउचाले बताईन् । ‘हामीले पाहुनालाई आर्कषक गराउन सक्ने हो भने संख्या बढाउन समस्या छैन’ काउचाले भनिन्, ‘अब दिर्घकालिन गुरुयोजना बनाएर १० बर्षपछिको सपना देखाउने बेला भएको छ ।

’ गलकोटमा खेल पर्यटनको बिकास समेत गर्न सकिने उनले बताईन् । गलकोटमा भलिबल, फुटबल र बास्केटबलको आर्कषण बढी छ । राष्ट्रिय स्तरका प्रतियोगिता, प्रशिक्षण केन्द्र लगायतमा खेलाडी र खेलक्षेत्रका पदाधिकारीलाई पनि आर्कर्षित गर्नुपर्ने उनको भनाई छ । राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आएका खेलाडीले पनि गलकोटको आतिथ्यताले लोभ्याएको बताए । ‘आउने बेला अप्ठ्यारो सडकले दुःख पाइन्छ जस्तो लागेको थियो’ नेपाल पुलिस क्लबकी कमला पुनले भनिन्, ‘सडकको सास्ती यहा“ आएर बस्दा, घुम्दा बिर्सेर फर्केका छौं ।’ गलकोटका आर्कषक स्थान घुमाउन अरु साथीलाई पठाउने उनले बताईन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung