११ कार्तिक २०८३, मंगलवार

 

बागलुङ लगायत धौलागिरीमा आजदेखि प्रहरी साझेदारी कार्यक्रम शुरु

बागलुङ्ग लगायत धौलागिरीमा आज देखी प्रहरी साझेदारी कार्यक्रम सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङ्गले आज संघीय प्रहरी ईकाई बागलुङ्गमा एक कार्यक्रमको आयोजना गरी आजदेखी प्रहरी साझेदारी कार्यक्रम प्रारम्भ भएको जानकारी दिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति बागलुङ्गका उपप्रमुख बिष्णु भुषालले अपराध नियन्त्रणका लागि प्रहरी र नागरिकको भुमिका समान हुनुपर्ने बताए । शान्ति सुरक्षा लाई ठिक ढङ्गले अगाडी बढाउनका लागि प्रहरी साझेदारी कार्यक्रम प्रशंसनिय भएको भन्दै जिल्ला समन्वय समितिका उपप्रमुख भुषालले जिल्लाका सबै तह सम्म प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी तरिकाले अगाडी बढाउनुपर्नेमा जोड दिए ।

बिभिन्न अपराध र हिसांजन्य क्रियाकलापलाई रोक्नका लागि सरोकारवाला जिम्मेवार र जवाफदेही बन्नुपर्नेमा जोड दिए । त्यसैगरी प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले सामाजिक बिकासका लागि प्रहरीको भुमिका महत्वपुर्ण हुने बताए । उनंले सुरक्षालाई बिकास संग र विकास निर्माणका हरेक क्रियाकलापलाई शान्ति सुरक्षा संग जोड्नुपर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङ्गका प्रमुख दिपक रेग्मीले सामाजिक बिकृति बिसंगती र अपराधजन्य क्रियाकलापलाई नियन्त्रण गर्नका लागि प्रहरी साझेदारी कार्यक्रमलाई जिल्लाका सबै तहमा पुर्याउन लागेको जानकारी दिए ।

अपराध न्युनीकरण रोकथाम अपराधिक ब्यक्तिको पहिचान निगरानीका लागि प्रहरीले केन्द्रिय निती अनुरुप जिल्ला पालिका र वडा स्तर सम्म प्रभावकारी रुपमा आफ्ना गतिबिधी अगाडी बढाउने बताए । उनले प्रहरी प्रधान कार्यालयको निर्देशन अनुरुप जिल्लामा पनि टोलटोलमा र घरघरमा प्रहरी साझेदारी कार्यक्रम संचालन गर्न लागेको जानकारी दिए । समुदायमा प्रहरी साझेदारी कार्यक्रम संचालन गर्नका लागि प्रहरी र पालिका बिच सहमती भएको छ । सहमति पत्रमा जिल्ला स्थित पालिकाका प्रमुखले हस्ताक्षेर गरेर सहमति जनाएका थिए ।कार्यक्रममा जिल्लाका सबै पालिका वडा तहका जनप्रतिनिधी, बिभिन्न सघंसंस्थाका प्रमुख तथा प्रतिनिधी नागरिक समाज संचारकर्मी लगायतले उपस्थीती जनाएका थिए ।

कार्यक्रम जिल्ला प्रहरी कार्यालय बागलुङ्गका प्रहरी नायब उपरिक्षक बालनरसिहं राणाको समापन र प्रहरी निरिक्षक धर्मराज अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung