१७ बैशाख २०८१, सोमबार

 

सामुहिक कृषिमा रमाउँदै किसान

 काठेखोला ८ लेखानीका तिलक श्रीषको दैनिकी अहिले कृषि फर्मको स्याहार गरेर बित्न थालेको छ । दैनिक फर्ममा पुगेर गोडमेल गर्ने, उत्पादित तरकारी डोकोमा जम्मा गरेर बजार पठाउने र मल बीऊको खोजी गर्न उनलाई भ्याई नभ्याई छ ।

लेखानीबासीले सामुहिक कृषि उत्पादनको काम थालेपछि श्रीषको दैनिकी व्यस्त बनेको हो । बिदेश जान खोज्ने युवा पनि कृषि उत्पादनमा आर्कर्षित बन्न थालेका छन् । बसाई सराईले घर रित्तिने समस्या बढेपछि युवा रोजगारी बढाउन सामुहिक काम थालिएको उनले बताए । उनीहरुले तरकारी स“गै माछा पालन पनि थालेका छन् । यो पेशाले बिदेशिन लागेका युवा र बसाई सर्न लागेका गाउ“लेलाई रोक्न सहयोग पुग्ने बताए ।

गैह्रीखेत कृषि समूहमा आवद्ध भएका युवाहरुले ७० रोपनी जमिन खरिद गरेका छन् । उक्त जमिनमा बेमौषमी तरकारी र माछा पालन व्यवसाय शुरु भएको हो । ‘ठूलो योजनाका साथ काम गरिरहेका छौं, त्यसबाट हामीले एकसय युवा रोजगार बनाउने लक्ष राखेका छौं’ श्रीषले भने, ‘अहिले सम्म १ करोड लगानी भएको छ, अझै केही लगानी बढ्छ ।’ लगानी उठाउन केही बर्ष लाग्ने भएपनि दिर्घकालिन रुपमा युवा पलायन रोक्न सकिने उनले बताए ।

उनीहरुले ब्रोइलर कुखुरा १ हजार ५ सय, उत्तिकै लेयर्स तथा दुइवटा पोखरीमा १० हजार भुरा माछा पाल्ने पूर्वाधार बनाएर काम थालेका हुन् । बंगुर र बाख्रा पालनका लागि पनि तयारी छ । ‘एकै पटक एउटा ट्रक भरेर कृषि फसल र मासु बजार पठाउन सकिने बनाउन लागेका हौं’ श्रीषले भने,‘खाडीमा २० हजार कमाउन जान खोजेका लाई घरबाटै २५ देखि ३० हजार कमाउने बनाउन खोज्दैछौं ।’

युवाहरुको अभियानलाई अभिभावकहरुले साथ दिएका छन् । शिक्षक र कर्मचारी क्षेत्रमा काम गरेकाहरुले शेयर लगानी गरेर यो अभियानलाई साथ दिएको समूहका अध्यक्ष लिलाधर कंडेलले बताए । खोला छेउको जमिनमा केरा, लिची र अलैची लगाउने काम पनि शुरु भएको छ । गाउ“पालिकाको समन्वयमा काम थालेकोले प्राविधिक सहयोग समेत पाएका छन् । फर्ममा प्रत्यक्ष १५ जना युवाले काम गरिरहेका छन् । फर्म पूर्ण रुपमा संचालनमा आएमा ६० युवाले काम गर्न सक्ने कंडेलले बताए ।

फर्मको उत्पादन बजार पठाउने, संकलन गर्ने लगायतमा भने त्यो भन्दा धेरै युवा रोजगार बन्नेछन् । खरिद गरेको जग्गा बाहेक झण्डै ५० रोपनी व्यक्तिगत जमिनमा अलैची खेती शुरु भएको छ । किसानले दुइ बर्षदेखि विक्रि समेत गरिसकेका हुन् । यहा“को कम्तिमा २ सय रोपनी जमिनमा अलैची बिस्तार गर्ने योजना उनीहरुको छ ।

ग्रामीण सडकको छेउमा अम्रिसो लगाएर पहिरो नियन्त्रण गर्ने काम समेत थालेका छन् । सडकलाई व्यवस्थित बनाएर बाह्रै महिना चल्ने बनाउने अभियानमा अम्रिसो लगाएको स्थानीय प्रमानन्द कंडेलले बताए । ‘युवा पलायन रोक्ने र कृषि हव बनाउन हामीले ऋण खोजेर लगानी गरेका छौं’ उनले भने,‘प्रत्यक्ष काम गर्ने र कमाईका लाग युवा परिचालन गरेका हौं ।’ बाहिरी वातावरण बनाएर बजारको खोजीमा पाकाहरुले साथ दिएको उनले बताए ।

हालको जमिनलाई बढाएर १ सय रोपनी पु¥याउन उनीहरुले जग्गा खोजीरहेका छन् । खानेपानी र सिंचाईका लागि खानीखोलाबाट पाईपलाईन ल्याइएको छ । साथै उनीहरुले मुहान संरक्षण अभियान पनि चलाएका छन् । करलिमका सिमखेत पोखरी, खोरिया पोखरी,लिपेथान पोखरी लगायत दर्जनबढीको संरक्षण भैरहेको हो । सरसफाई र पानी चुहिने भएका पोखरीमा प्लाष्टर गरेर बर्षातको पानी जम्मा गर्ने काम पनि थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्