७ जेष्ठ २०८१, सोमबार

 

एउटा सानो चराले तीव्र गतिमा रहेको रेल रोकिदियो !

 

चरासँग ठोक्किएर विमान उड्न ढिला भएको वा दुर्घटनामा परेको समाचार त सुनेकै हो । तर सम्भवतः पहिलो पटक हुन सक्छ एउटा सानो चराले तीव्र गतिमा रहेको रेललाई रोकिदिएको छ ।

द इन्डियन एक्सप्रेसका अनुसार शुक्रबार तमिलनाडुको तिरुचि क्षेत्रमा कोयम्बटूर–मइलादुतुरई जनशताब्दी एक्सप्रेससँग एउटा चरा ठोक्कियो । त्यहीँबाट नै रेलको इन्जिनमा बिजुली आपूर्ति हुन्थ्यो । रेलसँग ठोक्किएपछि चरा त्यहीँ अड्कियो र रेलको इन्जिनमा आपूर्ति भैरहेको बिजुली प्रभावित भयो । बिजुली आपूर्ति एक्कासि रोकिएपछि रेल रोकियो ।

घटनापछि मुथरासनल्लू स्टेशनका अधिकारीहरुले उच्च अधिकारीहरुलाई घटनाको बारेमा सुनाए । त्यसपछि केही समयका लागि सम्पूर्ण विद्युत आपूर्ति बन्द गरियो । रेलको इन्जिन, बिजुलीको लाइनलगायतका सम्पूर्ण चिजहरु चेक गरेपछि झण्डै डेढ घण्टापछि मात्रै रेल सञ्चालनमा आयो ।

चरा ठोक्किए पनि रेल र यात्रुहरुलाई केही असर नपुगेको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्