११ कार्तिक २०८३, मंगलवार

 

लोकसंस्कृतिको जगेर्ना गर्न गल्कोटमा देउसी भैलो कार्यक्रम

कात्तिक २५
गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले लोपोन्मुख कला संस्कृति संरक्षणको लागि नगर सदैव लागि पर्ने बताउनु भएको छ । धर्मपोखरी युवा समाज गलकोट नगरपालिका वडा नं ११ रिघाले आयोजना गरेको तिहार विशेष कार्यक्रमलाई सम्बोधन गर्दै गैरेले यस्तो बताउनु भएको हो ।

त्यसको लागि स्थानिय कल्व संघ संस्था र नगर बिच सहकार्य आवश्यकता रहेको उहाॅको भनाई थियो । मगर समुदायमा आधारित सोरठी रिघाको पहिचान भएको भन्दै त्यसको संरक्षणमा युवा पुस्ता सक्रिय हुनु प्रशंसनिय कार्य रहेको गैरेले बताउनु भयो । त्यस्तै नगर उपप्रमुख रेनुका काउचा मगरले संस्कृतिको संरक्षणको लागि गलकोट नगरपालिकाले आवश्यक बजेट विनियोजन गरिसकेको हुॅदा अब कामलाई अगाडि बढाउने बताउनुभयो । सो अवसरमा स्थानियद्वारा देउसी भैलो सॅगै सोरठी प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जनप्रतिनिधि, खेलाडी, कलाकार, पत्रकार, समाजसेवी लगायतलाई सम्मान प्रदान गरिएको थियो । समाजले तिहारको अवसरमा सामुहिक देउसी भैली खेली संकलित रकमबाट सामाजिक कृयाकलापहरु गर्दै आईरहेको वडा अध्यक्ष डम्मर श्रीसले बताउनु भयो । मगर समुदायको  बाहुल्यता रहेको रिघामा परमपरा देखि नै तिहारमा सोरठी देउसी भैलो खेल्ने प्रचलन रहेको छ । कार्यक्रम धर्मपोखरी युवा समाज गलकोट नगरपालिका ११ रिघाका संयोजक दिनेश श्रीसको अध्यक्षता र मनोज पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung