७ जेष्ठ २०८१, सोमबार

 

सीताको उपचार गर्न प्रचण्ड तातोपानी कुण्डमा

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड आज बिहान म्याग्दीको तातोपानी पुगेका छन् । जीवन संगिनी सीता दाहालको उपचारको क्रममा चिकित्सकको सल्लाहमा अध्यक्ष परिवारसहित तातोपानी नुहाउन म्याग्दी पुगेका हुन् ।

बेनीनगरपालिका-४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, वाथ लगायत रोगका विरामीलाई फाइदा पुग्ने भएकाले मानिसहरु तातोपानीमा नुहाउन आउने गरेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।
अध्यक्ष प्रचण्डसँग जीवन संगिनी सीता दाहालसहित, छोरी गंगा दाहाल स्वकीय सचिव जोखबहादुर महरा ‘प्रताप’ रहेका छन् । अध्यक्षका साथमा नेपाल सरकार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उहाँकी जीवन संगिनी नैनकला थापा पनि तातोपानी पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्