११ कार्तिक २०८३, मंगलवार

 

बुर्तिबाङमा भैसी चोरको आतङ्क

मँसिर ३ गते |
ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा भैसी चोर्नेको आतङ्क बढेको छ । रातको समयमा गोठमा बाँधेका गाइभैसी चोर्ने गिरोह सक्रिय भएको खुलासा भएको हो ।

स्थानीय टिकालाल सुवेदीले पालेको दुहुनो भैंसी चोरी गर्ने गिरोह सक्रिय रहेको पाइएको हो ।
गत कात्र्तिक २४ गते राति गोठमा बाँढिएको दुहुनो भैंसि फुकाएर भुजिखोला किनारमा लग्दै गरेको अवस्थामा भैंसि फुत्एिकर घाईते अवस्थामा बच्न सफल भएको एक हप्ता नबित्दै फेरी सोही भैसी चोर्नको लागि गिरोह सक्रिय भएको हो ।

सुवेदीको परिवार बुर्तिबाङ लक्ष्मिकुण्डरोड आफनै घरमा बस्दै आएका र भैंसि बाँध्ने गोठ पेट्रोल पम्पको केहि तल सेरा तर्ने पुल नजिक रहेको अवस्थामा गय राती करिब ३ बजे भैंसि फुकाएर काट्नका निम्ती नदि किनार तर्फ लग्दै गर्दा भैँसि फुत्किएर मानब बस्ति तर्फ लागेका कारण बच्न सफल भएको स्थानीयले बताए ।

गत हप्ता खोला तर्फ लग्दै गर्दा भैंसिको बाँया भागको एउटा सिँग भाँचिनुका साथै गएराति समेत शरिरका बिभिन्न भागमा चोट लागेको छ ।
चोरी गर्ने गिरोहले भैंसि कब्जामा लिन नसकेपछि करेसाबालीमा लगाईएको हजारौँ रुपैँयाको तरकारी बाली उखेलेर नदिमा फाल्नुका साथै सुवेदीको गोठ नजिकै कृष्ण खनालको घरमा डेरा गरी बस्दै आएका जितबहादुर पुनको परिवारलाई भित्र सुतेको अवस्थामा बाहिरबाट चुकुल लगाएर घरमा टोडफोड गर्दा झयालका सिसा फुटेको छ ।

चोरी गर्ने गिरोहको समुहले गोठ नजिकै करिब ५ लिटर घरेलु मदिरा, मासु काट्न बिच्छ्याउने खालको प्लास्टिक, एउटा जुता समेत छोडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको बिषयमा आफुहरुले अध्ययन गरीसकेको र अपराधि पत्ता लगाउने प्रयास भईरहेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख ओमप्रकाश यादबले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung