नेपाल पत्रकार महासंघ बागलुङ शाखाको ११ औँ साधारण सभा शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ । साधारण सभा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले उद्घाटन गरे । कार्यक्रममा बोल्दै आचार्यले पत्रकारले आफनो परिश्रमिक नपाए पत्रकार महासंघको नेतृत्वलाई उजुर गर्न आग्रह गरे । उनले जिल्ला, प्रदेश र केन्द्रीय नेतृत्व पत्रकारलाई पारिश्रमिक दिलाउने प्रतिपद्धता जनाए । यति गर्दा पनि न्याय नपाए सडकमा पनि आउनुृ पर्ने उनको भनाई छ ।
पत्रकारले आफुलाई सँधै लोकतन्त्र, मानव अधिकार तथा राष्ट्रको हितको पक्षमा उभ्याउनुपर्ने बताए । ‘पत्रकारले नागरिक हित तथा राष्ट्रिय हितको आवाज बोक्न सक्नुपर्छ,’ उनले भने, ‘हामीले आफ्नो हक हित र अधिकारसँगै आम नागरिक तथा राष्ट्रकै हितको पक्षमा कलम चलाउनुपर्छ ।’ उनले पत्रकार कहिल्यै पनि सत्ता पक्ष नहुने बताए । ‘हामी सडकमा मात्र दल र नेतासँग सँगै हुन्छौँ तर सत्तापक्षको कित्तामा कहिल्यै पुग्दैनौँ,’ उनले थपे, ‘त्यसैले हामी सँधै स्थायी प्रतिपक्ष हौँ ।’
‘लोकतन्त्रको आन्दोलनमा काँडेतार तोड्न हामीले नेतालाई साथ दियौ,’ उनले भने, ‘यिनै नेताहरु प्रेस स्वतन्त्रता कुण्ठित गर्ने गरि कानुन बनाउन एकजुट भए ।’ सरकारले ल्याएको मुलुकी फौजदारी संहिता पत्रकारलाई समाचार लेखेकै भरमा अपराधि सरह मुद्धा चलाउने गरि ल्याईएको भन्दै तत्काल संसोधनको माग गरे ।
साधारणसभामा गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले मुलुक संघियतामा गएको पनि १ बर्ष बितिसक्यो अहिले पनि अबस्था अन्याैलमा भएको बताए ।नेपाली समाजको लागि बाधक भनेकाे सामन्ती चिन्तन नै हाे यसलाई हटाउन नसकेसम्म केही हुनेवाला छैन सापकोटाले भने ।अहिले नेपालमा भएको संघियताकाे माेडेल कहाँ काे हाे त्यो थाहा हुन सकेको छैन राम्रो बनाउने नाममा हाम्रो संघियता उट हुने खतरा बढेको सापकोटाले बताए ।
सामन्तबादी चिन्तनकाे पत्रकारहरूले अब भण्डाफाेर गर्न जरुरी भएको त्यस्तो नगरेसम्म केही परिवर्तन नहुने सांसद सापकोटाले बताए । नेपाली राजनीति देखि प्रशासनिक नेतृत्व भ्रष्टाचार बाट मुक्त हुन सकेको छैन यसलाई ठिक गराउन नसकेसम्म जनताले परिवर्तनको फल नपाउने सापकोटाले भने । अख्तियारले अहिलेसम्म सानासाना कर्मचारीलाई मात्रै समातेको नेपालका १ हजार ठूला कर्मचारीलाई कार्वाही गर्न सके पुग्छ सापकोटाले भने ।
साधारणसभामा प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, नेपाली काङ्ग्रेसका जिल्ला अध्यक्ष दिपेन्द्र थापा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञावली ,प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य ताराप्रसाद शर्मा , धौलागिरि टेलिभिजनका प्रबन्ध निर्दशक प्रकाश पाैडेल नागरिक, समाजका संयाेजक काजी गाउँले श्रेष्ठ, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारी ,नेपाल पत्रकार महासंघ बागलुङ शाखाका निबर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी ,नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ पुर्व केन्द्रीय सदस्य हरिनारायण गाैतम, नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य ज्ञामनाथ गैरे, तमान खाेला गाउँपालिकाका अध्यक्ष जाेगलाल बुढा लगायतका बक्ताहरूले शुभकामना मनतब्य राखेका थिए ।
सो अवसरमा नेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माणका लागि जग्गा व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा निवर्तमान अध्यक्ष तथा नयाँविश्व डटकमका कार्यकारी सम्पादक मुकेशचन्द्र राजभण्डारीलाई सम्मान पत्र तथा दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
जग्गा व्यवस्थापनका लागि पहल गर्ने बागलुङका तत्कालिन प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे र बागलुङ नगरपालिकाका तत्कालिन कार्यकारी अधिकृत युवराज अधिकारीलाई पनि सम्मान गर्ने निर्णय भएपनि उनीहर अहिले आउन नसकेकाले महासंघको भवन उद्घाटनको अवसरमा सम्मान गरिने अध्यक्ष दिल शिरीषले जानकारी दिए ।
सो अवसरमा फोटो पत्रकार किरण आचार्यले फोटो पत्रकारिता मार्फत पाएको पारिश्रमिकबाट ५ हजार पाँच रुपैयाँ महासंघको भवन निर्माणका लागि प्रदान गरेका थिए । उनले आगामी दिनमा पनि आफ्नो फोटो भिडियो पत्रकारिता मार्फत हुने कमाईको पूरै अंश महासंघकै लागि प्रदान गर्ने घोषणा गरे ।
कार्यक्रममा सचिव राम थापा अविरलले पेश गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष विजय रानाले पेश गरेको आर्थिक प्रतिवेदन र पत्रकार प्रकाश बरालले पेश गरेको केहि समसामयिक प्रस्ताव संशोधन सहित पारित गरिएको थियो ।
कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषको अध्यक्षता र उपाध्यक्ष नरेश कँडेलको स्वागत र सचिव राम थापा अविरलको सञ्चालनमा सम्पन्न भएको थियो ।



















































































































































































































