बागलुङ ।
झण्डै दश वर्षसम्म बेपत्ता भई मृत्युवरण गरेका गलकोट नगरपालिका ७ मल्मको एक परिवारलाई आर्थिक सहयोग भएको छ ।
बागलुङको गलकोट नगरपालिका ७ मल्मका स्वर्गीय जीत बहादुर बस्नेतको परिवारलाई १२ औं दिनको पुण्य तिथीमा सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाको सक्रियतामा संकलित रकम रु ६ लाख ३३ हजार ५ सय ८६ हस्तान्तरण गरिएका हो । स्वर्गिय बस्नेतको श्रीमती १ छोरा र १ छोरी रहेका छन ।
गलकोट नगरपालिका ७ का वडा अध्यक्ष तथा घुम्टे युवा परिवारका सल्लाहकार संयोजक सुवेदार टिका बहादुर थापा र घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देश र जापान शाखाका सहसचिव तुलवीर थापाले रकम संयुक्त रुपमा स्वर्गिय बस्नेतको धर्मपत्नी पम्फा बस्नेत र छोरा राम बस्नेतलाई हस्तान्तरण गरेका हुन् ।

वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले शाखा गठन भएको छोटो समयमै घुम्टे युवा परिवार जापान शाखाले समाजमा हुने हरेक क्रियाकलापमा सक्रिय रुपमा सहभागिता जनाउनु प्रशंसनीय कार्य भएको बताए ।
आपत विपतमा थौरै भएपनि राहत होस भन्ने उद्येश्यले परिवारको उज्जवल भविष्यको कामना गर्दै जापानमा रहेका शुभेच्छुकले उक्त रकम सहयोग गरेको घुम्टे युवा परिवार जापान शाखाका अध्यक्ष दिल बहादुर थापा रामुले बताए ।



















































































































































































































