एजेन्सी । अमेरिकाले एक सय बर्षभन्दा पहिले फिलिपिन्सका चर्चबाट लुटिएका तीनवाट घन्ट फिर्ता गरेको छ । आजभन्दा ११७ वर्षअघि अमेरिकी सैनिकहरूले लुटेको घन्टलाई बालानगिगा चर्चमा एक समारोहका बीच फिर्ता गरिएके हो ।
एउटा नरसंहारपछि अमेरिकी सेनाले बदला स्वरूप गरेको कारबाहीका क्रममा ति घन्टहरु लुटिएका थिए । गत अगस्ट महिनामा अमेरिकी दूतावासले बालानगिगा घन्टहरू फर्काउने घोषणा गरेको थियो । बालाङहिगामा आयोजित फिर्ता कार्यक्रममा फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुर्टेतले अमेरिकाले उदारता देखाएको भन्दै प्रशंषा गरे ।
‘कोही एक व्यक्तिले मात्र अमेरिकीहरूको दयालु कामको क्रेडिट लिन पाउँदैन,’ डुटेर्टेले शनिवार भेला भएका हर्षित मानिसलाई बताए । ‘यसको श्रेय अमेरिकी र फिलिपिनोहरूलाई जान्छ,’ उनले भने ।
सन् २०१७ को एउटा भाषणका क्रममा उनले लुटिएका घण्टहरू फिर्ता गर्न माग गरेका थिए । सो भाषणमा डुर्टेतले चीनसँग अझ नजिकको सम्बन्ध स्थापना गर्ने पनि उल्लेख गरेका थिए।फिलिपिन्समा पूर्व औपनवेशिक शासकविरुद्धको स्वतन्त्रताको रूपमा ती घण्टहरूलाई हेर्ने गरिएको छ ।
सन् १९०१मा बालाङहिगामा फिलिपिन्सको सेनाले धरापमा पारेर ४८ जना अमेरिकी सेनालाई मारेपछि तत्कालीन अमेरिकी जनरल ज्याकोब एच स्मिथले सो क्षेत्रलाई ‘पूरै मरूभूमिमा’ परिणत गरिदिन आदेश दिएका थिए।रक्तपातपूर्ण बदलापछि अमेरिकी सेनाले जितको ट्रफीका रूपमा चर्चका घण्टहरू आफूसँगै लगेका थिए ।













































































































































































































