११ कार्तिक २०८३, मंगलवार

 

‘जेसिज सचिवालय र भवन सञ्चालनको दिगो योजना ल्याउँछु’–पूर्वउपाध्यक्ष राजभण्डारी(भिडियो)

नेपाल जेसिजका पूर्वउपाध्यक्ष सुदिप राजभण्डारी अध्यक्षमा दाबी गर्दै नेतृत्वको दौडमा होमिएका छन् । यहि पुस ७ देखि १० गतेसम्म जनकपूरमा नेपाल जेसिजको ४५ औँ राष्ट्रिय महाधिवेशन हुँदैछ । महाधिवेशनले सन् २०१९ का लागि नयाँ नेतृत्व चयन गर्ने छ । जेसिजमा एक वर्ष, एक व्यक्ति, एक पद भन्ने सिद्धान्त छ ।

जेसिजमा राजभण्डारीको विगत
राजभण्डारी २०११ मा १४ हजारभन्दा बढी सदस्य र देशभर १४५ शाखा रहेको नेपाल जेसिजको उपाध्यक्ष भएका थिए । उनको कुशल नेतृत्व क्षमताकै कारण २०१० मा बागलुङको शाखा अध्यक्ष हुँदा नेपाल जेसीजबाट उत्कृष्ट शाखा अध्यक्षको रुपमा ‘तारा अवार्ड’बाट पुरस्कृत समेत भएका थिए । उनी २०१२ मा नेपाल जेसिजको आइटी प्रोगाम कोअर्डिनेटर थिए । राजभण्डारीले २०१४ मा कानुनी सल्लाहकारको जिम्मेवारी समेत सम्हालेका हुन् ।

अध्यक्ष बने यी काम गर्छु
शाखा अध्यक्ष हुँदा योजना निर्माण तथा पदीय जिम्मेवारी पुरा गरेर अवार्ड पाएका उनले केन्द्रीय सचिवालय व्यवस्थापन गरेर सूचनामैत्री बनाई सबै सदस्यको सहज पहुँच स्थातिप गर्ने, नेपाल जेसिजको थापाथलीमा भएको भवनलाई व्यवस्थित रुपमा सञ्चालनको सुरुवात गर्ने, देशभरका शाखामार्फत सञ्चालन गरिने कार्यक्रमलाई समाजमा त्यसले पार्ने सकारात्मक प्रभाव मुल्याङकन गर्ने जेसिजको अन्तराष्ट्रिय मापदण्ड अनुसार आयोजना गर्ने लगायतका सुधारका काम गर्ने एजेण्डा अघि सारेका छन् ।

उनले आफ्नो कार्यकालमा  प्रशिक्षक उत्पादन गर्ने संस्था मानिने जेसिजको देशभरका प्रत्यक शाखाबाट कम्तिमा दुईदुई जना प्रशिक्षक तयार गर्ने योजना समेत बनाएका छन् ।

ईटहरीका पौडेलसँग भिड्दै
जेसीजको नियम अनुसार ४५ दिनअघि उमेदवारी दर्ता गराउनुपर्ने प्रावधान छ । यसअघि ६ जनाले उमेदवारी दर्ता गरेपनि अहिलेसम्म २ जनामा झरेको छ । ईटहरीका महेश पौडेल राजभण्डारीसँग अध्यक्षको चुनावी प्रतिस्पर्धामा छन् ।

अध्यक्षमा गण्डकी प्रदेशका सबै शाखाको समर्थन
राजभण्डारीको उम्मेदवारीलाई गण्डकी प्रदेशका सबै जेसीज शाखाले समेत समर्थन गरिसकेका छन् । धौलागिरीका बागलुङ, पर्वत र म्याग्दी शाखाले त अध्यक्षमा राजभण्डारीलाई जिताउने निर्णय नै गरेर चुनावी प्रचारमा लागेका छन् ।

गृहजिल्लाबाट प्रचार अभियान
उनले बुधवारदेखि गृहजिल्ला बागलुङबाट चुनाव प्रचार अभियान थालेका छन् । बागलुङ सदरमुकाममा पत्रकार सम्मेलन गरि राजभण्डारीको उमेदवारीको प्रचार थालिएको हो ।

बागलुङ जेसीजका अध्यक्ष लालकुमारी बस्नेत अम्बिकाले कुशल नेतृत्वकर्ता भएकोले केन्द्रीय नेतृत्वमा पनि राजभण्डारीको आवस्यकता देखेर अध्यक्षका लागि अगाडि सारिएको बताईन् । उनले धौलागिरीका सबै जेसीज शाखाको प्रस्तावमा राजभण्डारीले उमेदवारी दर्ता गराएको बताइन् ।

राजनीतिक नेतृत्वलाई शासन विधिबाट चलाउन दवाव
शासन व्यक्तिको होइन, बिधिको हुनुपर्छ भन्ने नारामा विश्वास गर्ने जेसीजले राजनीतिक नेतृत्वलाई संविधान, ऐन र नियम कार्यानवयनमा दवाव समेत दिने अध्यक्षका प्रत्यासी राजभण्डारीले बताए । एक व्यक्ति एक पदको सिद्धान्त अंगाल्दा देशको राजनीति र सरकार संचालनमा समेत चुस्तता आउने उनको भनाई छ ।

भिडियो….

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung