अभिकर्ता विमाको फाइदा बुझाउदा विमितको परिवारलाई आर्थिक सुरक्षा हुन्छ ् धमलाले अभिकर्ताहरूले जीवन विमाको समग्र फाइदा विमितहरू बुझाउदा परिवारलाई आर्थिक सुरक्षा पुग्ने आइएमई लाइफ इन्स्योरेन्सका क्षेत्रिय प्रमुख प्रशान्त धमलाले बताए ।
आइएमइ लाइफ इन्स्योरेन्सले बागलुङको विभिन्न स्थानीय तहका अभिकर्ताहरूलाई राखेको अभिमुखिकरण कार्यक्रममा धमलाले सो कुरा बताएका हुन ।आइएमइ जीवन विमाका विभिन्न सेवाहरू रहेको र त्यस सेवाबाट बालबालिका ,कर्मचारी ,व्यवसायी ,वैदेशिक रोजगारीमा जानेहरूले जीवन विमा गरेर जोखिम कम गर्न सक्छन र आर्थिक सुरक्षा सुनिश्चित हुने धमलाले बताए ।
मानवीय क्षेतिलाई रोक्न नसके पनि जीवन विमाले परिवार सुरक्षित हुने र भविष्यमा विमा गरेको रकम काम लाग्ने भएकोले अभिकर्ताहरूले सो विषयमा सहि जानकारी र प्रचार गर्न सके धेरै नागरिकले जीवन विमाबाट फाइदा लिन सक्ने अभिमुखिकरण जानकारी गराइएको थियो ।कार्यक्रममा २५ जना अभिकर्ताहरूको उपस्थिति थियो ।कार्यक्रमको संचालन आइएमइ लाइफ इन्स्योरेन्स बागलुङ शाखाको इन्द्रा शर्माले गरेकी थिइन ।

































































































































































































