११ कार्तिक २०८३, मंगलवार

 

विवाईसी बागलुङको ३३ औ स्थापना दिवस, गण्डकी प्रदेशभरी कार्यक्षेत्र बनाउन सुझाब

बागलुङ । भिमापोखरा युवा क्लब (विवाईसी ) बागलुङको ३३ औ स्थापना दिवस तथा २७ औ बार्षिकोत्व बागलुङ सदरमुकाममा सम्पन्न भएको छ ।

‘दिगो विकास समृद्धि सामाजिक न्याय र समानता, सामुहिक प्रयास दृढता र निरन्तर लगाव हाम्रो प्रतिबद्धता’ भन्ने अभियानका स्थापना भएको वीवाईसीले आफ्नो २७ औं बार्षिकउत्सव मनाएको हो ।

गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले कार्यक्रमको उद्घाटन गरेका थिए । उनले अहिले मुलुकमा विकास भयो कि भएन भन्ने प्रमुख कुरा भएन अहिले एक परिवारमा एकमहिनामा ३० हजार भित्रिन्छ कि भित्रिन्न त्यो नै प्रमुख कुरा भएको बताए ।

आर्थिक रूपले समृद्ध नभएसम्म अब गफ गरेर मुलुक नचल्ने हुदा सबैको ध्यान अब आर्थिक समृद्धि तर्फ नै हुनुपर्ने सापकोटाले बताए ।
हिजो ९÷९ महिनामा सरकार चल्ने र ढल्ने काम भन्दा अर्को थोक केही हुन सकेन अहिले मुलुकमा दुई तिहाईको सरकार बनेको छ अब मुलुकमा केही परिवर्तन देखिने छ सांसद सापकोटाल भने ।

केन्द्र सरकार प्रदेश सरकार र गाउँ सरकार अब बिकास गर्न लागि परेको हुदाँ अब निराश हुनुपर्ने अबस्था नआउने सापकोटाले बताए ।
अहिले मुलुकमा संघीयताको बिरोध हुन शुरू भएको छ साच्चै संघियताको असफल भए संबिधान खारेज हुने उनले बताए । राष्ट्रिपती असफल भएपनि संबिधान खारेज हुने र धर्मनिरपेक्षताकोे बिरोध भए पनि संबिधान खारेज हुन पुग्ने सांसद सापकोटाले बताए ।
मुलुकमा बहुदलीय ब्यबस्थाको बिकल्प नभएको हुँदा राजनीति दल नै सबैको बिकल्प भएको सापकोटाले बताए ।

सांसद सापकोटाले नेपाली काङ्ग्रेसले आफ्नो प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको भन्दै आफ्नो भूमिका बढाउनुपर्ने बताए ।
उक्त अवसरमा दुई जना कृषकलाई सम्मान गरिएको थियो । जैमुनी नगरपालिकाका तुल्कीदेवी सापकोटा र काँठेखोला गाउँपालिकाका चन्द्र बहादुर पुनलाई संस्थाले सम्मान गरेको हो ।

कार्यक्रममा शुभकामना काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा, नेपाल पत्रकार महासंघका अध्यक्ष दिल श्रीष, ग्रामीण स्वास्थ सुधारका कार्यक्रम संयोजक गणेश बरूवाल काँठेखोला गाउँपालिका कार्यपालिका सदस्य टीका संगम बिक , नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रीय सदस्य हरिनारायण गौतम, काठेखोला गाउँपालिका २ का वडा अध्यक्ष बिद्यापति शर्मा, बिवाईसीका पूर्ब अध्यक्ष चन्द्रमणी शर्मा, जैमुनी नगरपालिका ३ का वडा अध्यक्ष बेद बहादुर छन्त्याल लगायतले बोलेका थिए ।

वक्ताहरुले विवाईसीलाई गण्डकी प्रदेशभरी कार्यक्षेत्र बनाउन सुझाब दिएका थिए । साधारणसभाको अध्यक्षता संस्थाका कार्यवाहक अध्यक्ष मणिभद्र शर्माले स्वागत मन्तब्य संस्थाका गंगा शर्मा संचालन सचिव टोयनाथ गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung