काँठेखोला गाउँपालिका वडा नम्बर–४ तंग्रामले अनुदानमा आधुनिक चुलो वितरण गरेको छ । वडाका ३ सय ५० घरपरिवारलाई चुलो बाँडिएको वडा अध्यक्ष केशव थापाले जानकारी दिए ।
‘हामीले पाँच हजार पाँच सय पर्ने चुलो जम्मा पाँच सय रुपैयाँमा दिएका छौँ,’ उनले भने, ‘यसका लागि धौलागिरी मेसिनरी एण्ड टुल्स सप्लायर्ससँग सहकार्य गरेका थियौँ ।’ उनले भान्छा व्यवस्थापन गरि धुवाँरहित भान्छाकोठा बनाउन सहयोग पुराउने उदेश्यले चुलोमा अनुदान दिईएको बताए ।




















































































































































































































