सन् २०१८ मा विश्वमा अनगिन्ती विदेशी चलचित्र बने। तर केही चलचित्र अन्यभन्दा अब्बल सावित भए। कथा लेखन, निर्देशन तथा आम्दानीका हिसाबमा यी १० चलचित्र अन्यभन्दा चर्चामा रहन सफल भए।
१. अ क्वाइट प्लेस
जन क्रसिंस्कीको लेखन तथा निर्देशनमा ‘अ क्वाइट प्लेस’ चलचित्र बनेको हो। चलचित्रमा उनी श्रीमती इमिली मेरी पानिन्स ब्लन्टलेपनि काम गरेकी छन्। चलचित्र एलियन आक्रमणबारे सम्बन्धित छ। एलियनले सुन्न सक्दैनन्। चलचित्रमा उनीहरु चुपचाप संकेतको सहायतामा एलियनबाट बच्न सन्चार गर्दछन्।
२. सपलिफ्टर्स
जापानी फिल्म निर्माता हिरोकाजु कोरे–एडाको यस फिल्म चोरहरुको कथामा आधारित छ। चलचित्रमा बच्चालाई प्रयोग गरेर एक परिवार चोरीगर्दै आफ्नो जीवन गुजारा गर्दछन्। चोरको संयुक्त परिवारलाई चलचित्रमा प्रस्तुत गरिएको छ।
३. कोल्डवार
पोल्याण्डको यस चलचित्र सन् १९५० को कथा हो। यूरोपमा पूर्व र पश्चिमबीच भएको शीत युद्धलाई यस चलचित्रमा प्रस्तुत गरिएको छ। पश्चिमी यूरोप र पूर्वी यूरोपको बीचमा फलामको ढोका थियो। यस्तोमा एक प्रेम जोडी जो एक अर्काबिना बस्न सक्दैनन् उनीहरुको कथालाई चलचित्रले समेटेको छ।
४. इफ बिल स्ट्रीट कुड टक
यस चलचित्र प्रेमसँग सम्बन्धित छ। स्टीफन जेम्स र किकि लेनले प्रेमी प्रेमिकाको भूमिका निर्वाह गरेका छन्। उनीहरुको गरिबी तथा नश्लवादका कारण विछोड हुन्छ। जेम्स बाल्डविनको उपन्यासमा आधारि यस चलचित्रको निर्देशक बैरी जेनकिन्स हुन्। विभिन्न अवस्था झेल्दै मानिस कसरी एक्लिन्छ भन्ने विषयलाई चलचित्रमा प्रस्तुत गर्न खोजिएको छ।
५. द फेवरेट
ग्रीक निर्देशक योर्गस लैन्थिमो मौजुदा सामाजिक अवस्थालाई चलचित्रमा उतार्न माहिर मानिन्छन्। यस ऐतिहासिक चलचित्र अंग्रेज शाही परिवारमा आधारित छ।
६. स्पाइडर मेन इन्टू द स्पाइडर–वर्स
सुपरहिरोमा आधारित यस चलचित्रले यसवर्ष राम्रो आम्दानी गर्यो। चलचित्रमा एनिमेसन लगायतका प्राविधिक पाटो राम्रोसँग मिलाइएको बताइएको छ। यस वर्ष स्पाइडर मेन पात्रका पिता स्टान लिको निधन भएको थियो। यस चलचित्रलाई उनको अन्तिम सम्मानको रुपमा हेरिएको छ।
७. द राइडर
द राइडर चीनका क्लोए झाओको निर्देशन र लेखनमा बनेको चलचित्र हो। यस काहानी युवा रोडियो राइडर ब्रैड जैनड्रूको कहानी हो। उनी घोडाको आक्रमणबाट घाइते हुन्छन्। घोडा सवारीमा फेरी उत्रिए घातक हुने थाहा भएपनि साहासी उनी फेरी त्यस दुनियामा आउँछन्।
८. लिभ नो ट्रेस
अमेरिकी निर्देशक डेब्रा गै्रनिकको यस चलचित्र अमेरिकी समाजमा हेपिएका र अपहेलित भएका वर्गको बारेमा आधारित छ। युद्धपनि फर्किएका बेन फोस्टर नाम गरेका एक पूर्व सेनाको कथालाई चलचित्रमा समेटिएको छ।
९. फर्स्ट मेन
यस चलचित्र चन्द्रमामा पहिलो पटक पाइला टेक्ने व्यक्ति निल आर्मस्ट्रङको काहानी हो। चलचित्रमा मुख्य भूमिका रेयान गासलिंगले निभाएका छन्। चन्द्रमा पुग्ने क्रममा भोग्नुपर्ने अप्ठ्यारो तथा ज्यान जोगाउन गरिएको संघर्षलाई चलचित्रमा देखाइएको छ।
१०. स्वीट कन्ट्री
यस चलचित्र अष्ट्रेलियाको इतिहास बयान गर्ने सबैभन्दा राम्रो चलचित्र भएको बताइएको छ। अष्ट्रेलियाका नागरिक सैमको जीवनीमा आधारित यस चलचित्रमा कानुन, गुलामी, धर्म र आदिवासीका बारे वर्णन गर्न खोजिएको छ। एजेन्सी
















































































































































































