२ जेष्ठ २०८१, बुधबार

 

नयाँ वर्षमा किमको चेतावनी- अमेरिकाले प्रतिबन्ध जारी राखे अर्को बाटो लिनुपर्छ

उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकाले आफ्नो देशमा लगाएको प्रतिबन्ध जारी राखे अनआणविकीकरणको साटो आफूले अर्कै बाटो लिनुपर्ने बताएका छन्।

नयाँ वर्ष २०१९को  अवसरमा मंगलबार बिहान सरकारी टेलिभिजनबाट सम्बोधन गर्दै किमले कोरियाली प्रायद्वीपको पूर्ण अनआणविकीकरणका लागि आफ्नो प्रतिवद्धता दोहोर्‍याएका छन्। उनले विश्वसामू अमेरिकाले गरेको वाचा कार्यान्वयन गर्नु पर्ने माग गरेका छन्।

‘अमेरिकाले हाम्रा जनताको धैर्यतालाई कम आँक्छ र विश्वसामू गरेको आफ्नो वाचाविपरित हामीमाथि प्रतिबन्धको दबाब दिन्छ भने आफ्नो सार्वभौमसत्ताको रक्षाका लागि उत्तर कोरियासँग नयाँ बाटो निकाल्नुको विकल्प छैन,’ किमले भनेका छन्।

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जुनसुकै बेला पनि भेट्न आफू तयार रहेको बताएका छन्।

किम र ट्रम्पबीच गत जुनमा सिंगापुरमा शिखर वार्ता भएको थियो।

किमको सम्बोधनले लामो समयदेखि आणविक अस्त्रलाई  सुरक्षाको कडी मान्दै आएको उत्तर कोरिया अनआणविकीकरण प्रति इमान्दार छैन की भन्ने शंकामा बल पुगेको छ।

प्रतिक्रिया दिनुहोस्