काठेखोला गाउँपालिकाको कार्यालयमा सीसी क्यामरा जडान गएिको छ । गाउँपालिकाले जनतालाई प्रदान गर्ने सेवासुविधा चुस्त बनाउन कर्मचारीले जनताको सेवालाई प्रभावकारी रूपमा प्रदान गरेनगरेको अवलोकन तथा गाउँपालिकामा हुनसक्ने अनियमित गतिविधि निस्तेज पार्न कार्यालयमा पाँच सीसी क्यामरा जडान गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर थापाले भने, “यहाँ आउने जनतालाई महसुस हुनेगरी काम गर्न आवश्यक ठानेर र कर्मचारीबाट प्रदान गरिने सेवा चुस्त र दुरुस्त पार्न सीसी क्यामरा जडान गरेका हौँ ।” जिल्लाका छ गाउँपालिका तथा चार नगरपालिकामध्ये सूचना प्रविधिको हिसाबले उक्त गाउँपालिका अगाडि छ ।
“गाउँपालिकाले जनताको गुनासो सुन्न मोबाइल एप्स तथा योजना तथा कार्यक्रम सार्वजनिक गर्न वेबसाइटको प्रयोग गर्दै आइरहेकामा यसलाई थप सूचना तथा प्रविधिमैत्री बनाउँदै लाने क्रममा सीसी क्यामरा पनि जडान गरिएको हो”, उनले भने ।



















































































































































































































