११ कार्तिक २०८३, मंगलवार

 

शालिग्राम संग्राहलयले धार्मिक पर्यटक तान्छ –ऋषि स्वामी प्रपान्नाचार्य

ऋषि स्वामी प्रपान्नाचार्यले बागलुङ नगरपालिका–४ कुँडुलेमा निर्माण भइरहेको शालिग्राम संग्राहलयले धार्मिक पर्यटक महत्वपूर्ण सहयोग पु¥याउने बताएका छन् ।

धौलागिरी संचार क्लव बागलुङले आयोजना साक्षात्कारमा बोल्दै स्वामी प्रपन्नाचार्यले नेपाल कै एकमात्र पवित्र नदि कालिगण्डकीमा मात्रै पाइने शालिग्राम लोप हुँदै गइरहेको बताउँदै समयमा यसको संकलन गरि संग्रहालय बनाउनु चुनौतिको काम भएको बताए ।

‘अहिले जताततै खुलेका क्रसर उद्योगका कारण पवित्र शालिग्राम लोप हुँदै गइरहेको छ यसलाई हामीले संरक्षण गर्न जरुरी छ’ आचार्यले भने ‘४ करोडभन्दा बढी रकम सकेर सुरूङ बनाएर सुरूङ भित्र शालिग्राम संग्राहलय बनाउने काम तिव्रगतिमा अगाडि बढिरहेको छ, यसले धार्मिक पर्यटनको क्षेत्रमा समेत महत्वपूर्ण भूमिका खेल्ने छ ।

बागलुङको पञ्चकोटमा निर्माण हुँदै गरेको १ सय २८ फिट अग्लो विश्व शान्ति कलशको लागि डिपिआर तयार भइसकेको हुँदा केही समय मै काम अगाडि बढ्ने समेत साक्षात्कारमा स्वामी आचार्यले जानकारी गराएका थिए ।

कार्यक्रम धौलागिरी संचार क्लव बागलुङका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता, क्लवका सदस्य कोपीला कँडेलको स्वागत र प्रदीप पन्तले संचालनमा सम्पन्न भएको थियो

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung