११ कार्तिक २०८३, मंगलवार

 

सिगानाबाट करोडौको सुन्तला निर्यात

बागलुङ । बागलुङ नगरपालिका ८ सिगानाबाट गत वर्ष एक करोडको सुन्तला निर्यात भएको छ । १ हजार हेक्टरमा ७० वगौंचा रहेको उक्त गाउँबाट मात्रै एक करोडको सुन्तला निर्यात भएको हो ।

यो वर्ष ५० लाखको सुन्तला निर्यात हुने सिगानामा रहेको गणेश कृषि सहकारीले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष असिनाले सुन्तलाखेती नोक्सान गरेका कारण उत्पादनमा कमी आएको सहकारीले जनाएको छ । उक्त गाउँका सुन्तला कृषक सहकारीमै आवद्ध रहेका छन् ।

सुन्तला जोनको रुपमा विकास भैरहेको सिगानामा यस बर्ष ३० हजार सुन्तलाका नयाँ बिरुवा लगाउने रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung