४ श्रावण २०८३, सोमबार

 

आज र भोलि मुलुकभर हल्का वर्षा र हिमपातको सम्भावना

मुलुकभर आज मौसममा आंशिकदेखि सामान्य बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिएको छ।

पश्चिमी वायुको प्रभावले आगामी तीन दिनसम्म मौसममा आंशिकदेखि सामान्य बदली देखिए पनि बेलाबेला घाम पनि लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस अवधिमा न्यूनतम् तापक्रम नघटे पनि अधिकतम् तापक्रम घट्ने भएकाले चिसो बढ्ने महाशाखाका मौसमविद् विभूति पोखरेलले जानकारी दिए।

त्यस्तै भोलि पनि मौसममा आंशिकदेखि सामान्य बदली हुने र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

पुस २९ गते पनि मुलुकभर मौसममा आंशिकदेखि सामान्य बदली यथावत रहने पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung