१ जेष्ठ २०८१, मंगलवार

 

गल्कोटको आफ्नै मोबाइल एप्स

बागलुङ । जिल्लाको गल्कोेट नगरपालिकाले मोवाईल एप्समार्फत आफ्ना गतिविधि सार्वजनिक गर्ने कार्य थालनी गरेको छ ।
प्रबिधिको विकाससँगै मोवाईल एप्सको प्रयोग बढेकाले सर्वसाधारणको सहजताका लागि नगरपालिकाले आफ्नै एप्स सञ्चालनमा ल्याएको हो ।

नगरपालिकाका नीति, कार्यक्रम, योजना तथा बजेट र कार्यालयले सम्पादन गर्ने कार्यको बिषयमा जानकारी गराउने उद्देश्यले सुरुवात गरिएको एप्समार्फत सर्वसाधारणलाई सहजता प्रदान गररिने प्रमुख प्रसाशकीय अधिकृत कृष्णराज गौतमले जानकारी दिए ।

‘सबैका हातमा मोबाईल फोन छन् मोबाईलको प्रयोग गरेर सबै सुबिधाको बिषयमा जानकारी दिन हामीले आफ्नै एप्स बनाएका हौं’ गौतमले भने– ‘नगरका काममा पारदर्शीताको लागि मोवाईल एप्स एउटा राम्रो प्रयोग हुनेछ ।’

नगरलाई प्रबिधिमैत्री बनाउनका लागि काम कारवाही र सर्वसधारणले पाउने सुबिधाका बिषयमा अनलाईन, मोवाईल एप्स र डिजिटल सूचना पार्टिमार्फत जानकारी गराईंदै आएको छ । ‘नगर भित्रका सबै सर्वसाधारणलाई एप्सको सुबिधा लिनको लागि आग्रह गरेका छौं’ नगर प्रमुख भरत शर्मा गैरेले भने– ‘सूचनाको अधिकार प्रत्याभुत गर्न हामीले प्रबिधि मैत्रिनगर बनाउने अभियानमा छौं ।

प्रतिक्रिया दिनुहोस्