१ जेष्ठ २०८१, मंगलवार

 

धौलागिरीमा ९१ स्थानमा थ्रिजी सेवा

पर्वत । धौलागिरीका ९१ स्थानबाट थ्रिजी सेवा संचालनमा आउने भएको छ । नेपाल टेलिकमले थ्रिजी सेवा विस्तारको लागि काम तीब्र पारेको छ ।

धौलागिरिका एक सय २० ठाउँमा मोबाइल र इन्टरनेट सेवाका लागि जिएसएम बिटिएस टावर सञ्चालित छन् । गत दुई वर्षमा मात्र ४४ नयाँ टावर बनेका थिए ।

अहिले अस्थायी प्रकृतिले चलेका १५ वटा टावरको स्थायी संरचना बनाउने काम भइरहेको छ । अर्को चरणमा थप १२ वटा टावरको स्तर सुधार गरिनेछ । स्थायी संरचना बन्दा टावर हाल भएका भन्दा अग्लो हुने र त्यसले सेवाको पहुँच बढाउने योजना छ बागलुङ नेपाल टेलिकमका इन्जिनियर केशब शर्माले भने ।

मुस्ताङको कोरला, म्याग्दीको बरङ्जा, बागलुङको अमरभूमि, छिस्ती र खुङ्गामा नयाँ टावर निर्माणाधीन छन् । थ्रिजी सेवाको लागि बागलुङको बुर्तिबाङ, म्याग्दीको सिङ्गा तातोपानी र पोखरेबगरमा पनि जिएसएम बिटिएस टावर निर्माणको लागि अध्ययन भइरहेको छ । इञ्जिनीयर शर्माले भने ।

आउँदो दशैँसम्ममा धौलागिरिका मुख्य बजार क्षेत्रमा फोरजी सेवा शुरु हुनेछ । गाउँ÷गाउँमा जिएसएम मोबाइल पुगेपछि इन्टरनेट डाटा खपत उल्लेख्य रूपमा बढेको छ । दुई वर्षअघिसम्म प्रतिदिन जम्मा ६६ जिबी खपत हुने गरेकामा अहिले बढेर दुई हजार ४०० जिबी पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्