१ जेष्ठ २०८१, मंगलवार

 

व्यापार घाटा हुन थालेपछि एप्पलले आइफोनको मूल्य घटाउने

अमेरिकी विशाल प्रविधि कम्पनी एप्पलले आइफोनको मूल्य घटाउने तयारी थालेको छ।

व्यापार घाटालाई पूर्ति गर्नका लागि आइफोनको मूल्य घटाउन लागिएको एप्पल कम्पनीका प्रमुख टिम कुकले बताएका छन्।

तर, आइफोनको मूल्य विश्वभर नघटेर तोकिएका स्थानमा मात्र घट्नेछन्।

अनुमान गरिएभन्दा एप्पलको नाफामा १५ प्रतिशतले कमी आएको कम्पनीको पछिल्लो तथ्यांकले देखाएको छ।

जसको मुख्य कारण आइफोन विक्रि कम हुन रहेको जनाइएको छ। सोही कारण एप्पल आइफोनको मूल्य घटाउने पक्षमा पुगेको जनाइएको छ।

एप्पलले गतवर्ष ८४ दशमलब ३ अर्ब डलर राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर, वर्षको अन्त्यसम्म लक्ष्यभन्दा ५ प्रतिशतले राजस्वमा कमी भयो।

चीनसँगको व्यापार युद्धका कारण पनि एप्पलले व्यापार घाटा व्यहोरेको बताइएको छ। किनभने एप्पलले गर्ने फाइदाको एक चौथाईमा चीनको हात थियो। चिनियाँ बजारमा एप्पलका सामाग्री खुबै रुचाइएको थियो।

तर जब अमेरिका र चीनबीच गतवर्ष देखि व्यापार युद्ध सुरुभयो। चीनले एप्पलसँग कारोवार बन्द गरिदियो। एजेन्सी

प्रतिक्रिया दिनुहोस्