१० कार्तिक २०८३, सोमबार

 

भेनेजुएलाको सेनाले किन समर्थन गर्छ त्यहाँको वामपन्थी सरकारलाई ?

कु देखि पहिलो राष्ट्रपति चुनावसम्मको कथा चे ग्वेभाराकी छोरी एलैडालाई चाभेजले यसरी सुनाए पुरानो सेनाभित्र क्रान्तिकारी सेना निमार्ण गर्नु कम चुनौती पुर्ण थिएन । ठुलो जोखिम मोल्नु परेको थियो । हामीले सोच , विचार गरेर लामो समय लगाएर सेनाभित्र सेना बनाउने निश्चय गरेका थियौ । त्यो जोखिमपुर्ण यात्राको सुरुवात थियो । सेना बनाउने दृढ निश्चयमा पुगेपछि हामीमा त्यो भावना दृढ विश्वासमा परिणत भएको थियो । यो कमको जस मलाई मात्रै जाँदैन । सिपाहिहरुमा आत्मविश्वासको विउ रोप्न हामीले वर्षाै बितायौँ ।

उनीहरुमा चेतनाको बिउ रोप्नका लागि गरेको प्रयास सकरात्मक नै थियो । मेरो आर्दशकी रगत ( चे , ग्वेभाराकी छोरी एलैडा ग्वेभारा ) तपाईसँग मे आज खुलेर भन्छु क्रान्तिप्रतिको त्यो सानो यात्रा एउटा विराट सपनाको उच्चतम अभिव्यक्ति थियो । सन् १९६६ को अक्टोवरमा म २३ वर्षको मात्रै थिए । सेकेण्ड लेफ्टिनेन्टेको रुपमा भेनेजुयलाको पुर्वी पहाडतिर कार्यरत थिए ।

गाउँको गरिबी, अभाव अनि साधन स्रोतको सिमिच उपलब्धताका बीचमा कष्टपुर्ण जीवन बिताएका जनताको अवस्था देख्दा साह्रै दुख लाग्थ्यो, यी जनताको जीवनस्तर उठाउन सकेमा म धन्य हुने थिए, यी जनताले मलाई जीवनभर सलाम गर्ने थिए । भुत्रे , झाम्रे यी गरिब किसानको अनुहारमा खुसी ल्याउन सके मेरो लागि अहोभाग्य हुने थियो । मेरो मनमा यस्तै तर्क वितर्क खेल्थे कसरी शुरु गर्ने होला त अभियान ? मलाई धेरै दिनदेखि यही प्रश्नले कोट्याइरहेको थियो । प्रश्नको उत्तर खोज्ने क्रममा त्यही पुर्वी पहाडमा मैले सेना गठन गर्ने निर्णय गरे ।

भेनेजुएली जनमुक्तिका लागि बोलिभारिएन सेना मैले गठन गरेको सेनाको नाम थियो । यसमा सहभागी सिपाही चाहिँ हामी जम्मा पाँच जना मात्र थियौ । औलामा गन्न सकिने सिपाहीको सङ्ख्यालाई सेना भन्ने कि नभन्ने भन्नेमा म दोधारमा थिए । तैपनि आफुले जन्माएको भएर होला, त्यही सङ्ख्याको हाम्रो सेना साँच्चै आफ्नो लाग्दथ्यो । मैले क्रान्तिका विषयमा अध्ययन गर्न शुरु गरिसकेको थिए । म निकै अध्ययनशील थिए कि जस्तो लाग्छ । समाजको अध्ययन गर्दै जाँदा कहिले काही त सेनाको जागिर छोडेर हिडौँ कि भन्ने लाग्थ्यो । कति पटक त भागौँ कि जस्तै भएको थियो । युवा जोश भएर पनि केही गर्न सकिएन भन्ने लाग्थ्यो । तर म निक्कै उदास जस्तो भएको थिए ।

म खटिएको पुर्वी पहाडमा कम्युनिष्ट छापामारहरु क्रियाशिल थिए । उनीहरु क्रान्तिका लागि नै होमिएको दावी गर्दथे । म त्यही सानो इलाकाको इन्चार्ज थिए । पेस्तोल अनि गोली गट्ठा साथमा थियो । भौगोलिक वनावट पनि एकदमै सुन्दर र लोभलाग्दो थियो । रात हुनाले हाम्रो टोली उच्च सतकर्तामा रहन्थ्यो । सुरक्षाको हिसाबले सो क्षेत्रलाई हाई बफर जोन भनेर परिभाषित गरिएको थियो । मेरा केही कर्नेलहरु एकदमै सन्काहा प्रवृतिका थिए । उनीहरु सोझा किसानलाई पाता फर्काएर कुट्न पाए खुब आनन्द मान्थे । अर्काको पीडामा हाँसो निकाल्नु उनीहरुको दैनिकी नै बनेको थियो । नयाँ कर्नेल त्यहाँ आएको थियो । उसको प्रवृति पनि पुरानाहरुको भन्दा केही फरक थिएन ।

शरिर र वजनको साइज फरक भएपनि तिनको बुद्धि र नियम बिल्कुल एउटै थियो । ति त पिचाश जस्ता थिए । नयाँ आएको कर्नेल के गर्दैछ भन्ने चासो के राखेको थिए, उसले त राती एकजना किसानलाई यातना दिएको देखे । उसले त बेसवल खेल्ने मुंग्रोले मेरो नेतृत्वमा रहेको एक सिपाहीलाई लगाएर किसानमाथि ज्यादती गरिरहेको थियो । त्यो ज्यादतीको प्रत्यक्ष दर्शी बन्दै ऊ हाँसीरहेको थियो । भन्दै थियो , त्यसलाई अझै धेरै कुट, बेस्करी कुट ।

त्यो देखेर मलाई रिसको पारो छुट्यो, म रिसले भाउन्न हुने अवस्थामा पुगेको थिए । नजिकै गएर त्यतैतिर हेर्दै कराए र त्यो सिपाहीलाई गाली गर्दै भने यहाँबाट भागिहाल, पाँच सेकेण्ड दिन्छु । एक , दुई , तिन, चार । कुट्दै गरेको सिपाही भाग्यो । कर्नेल रिसले बौलायो । अनि आगो हुँदै भन्यो चाभेज तिमी बौलायौ ? मैले पनि त्यसलाई कडै जवाफ दिए , म होइन , अरु नै कोही बौलाए जस्तो छ । यो विचरो किसानलाई पिटेर तपाईले के गर्न खोजेको विचरो,यो त छापामारजस्तो पनि देखिदैन , निहत्था मान्छेलाई समातेर रामधुलाई गर्न लाज लाग्दैन , हाकीम साप तयो त फेरी भन्ने हो भने मेरो कमाण्डको क्षेत्र हो ।

  • पिटाई खादै गरेको किसान नितान्त झुत्रे झाम्रे थियो । त्यसदिन मेरो कारण बाँचेको त्यो किसान भोलिपल्ट लाशको रुपमा थियो । अरुहरुको लाश पनि विगतमा त्यसैगरी फेला पर्ने गरेको थिया । निहत्था नागरिकहरु दिनदिनै मारिदाको दृश्यले मलाई साह्रै पीडा हुन्थ्यो ।
    मैले त्यही रात कर्नेललाई भनिदिए , कि समातिएका नागरिकलाई मेरो जिम्मामा छाडिदिनुस कि यहाँबाट अहिल्यै निस्कनुस्, यो यातना गृह होइन, हामी जनतालाई यातना दिन होइन, सुरक्षा गर्न यहाँ आएका छौँ । जनता मार्ने छुट हामीलाई छैन । हामी कसाईहरु होइनौ , जनताका सेवक हौँ, अब आइन्दा जनता मार्ने, यातना दिने काम बन्द गर्नुहोला । अबदेखि विर्सेर पनि यस्तो हर्कत नगर्नुहोला । यसले राम्रो गर्दैन कमाण्डर, जनता त हाम्रो पक्षमा को होला? हामी कसलाई सुरक्षा दिन सकौला । जनता र हामी सैनिक त नङ र मासु जस्तै रहनुपर्दछ ।

 

 

जनतालाई यातना होइन माया गर्नुपर्दछ । सम्मान गर्नुपर्दछ , पीडा होइन कर्नेल , पिडा हाइन म त अलिक भावनात्मक पनि भए जस्तो लाग्यो । किनकी किसानहरुमाथिको यातना सह्य थिएन । सेनाभित्र अनुशासनमा त त्यो विषय गाह्रय थिएन  । जनतालाई यातना होइन माया गर्नुपर्दछ । सम्मान गुर्नपर्दछ , पीडा होइन कर्नेल , पिडा होइन म त अलिक भावनात्मक पनि भए जस्तो लाग्यो । किनकी किसानहरुमाथिको यातना सह्य थिएन । सेनाभित्रै नागरिकलाई यातना दिएको पहिलो पल्ट मैले प्रतिवाद गरेको थिए । सैनिक अनुशासनमा त त्यो विषय गाह्य थिएन तर व्यवहारिक पाटोबाट हेर्दा त्यो सही थिएन।

कमरेड सुन्नुहोस पुर्वी पहाडी क्षेत्रमा घटेको यो घटना पछि मलाई क्युमानामा पठाईएको थियो । त्यहाँ पनि मैले त्यस्तै घटना व्यहोर्नु परेको थियो । जहाँ जान्थे म त्यहाँ फरक गर्न चाहन्थे । मेरो सानै देखिको बानी भनौ कि के भनुँ म अलिक फरक गर्न चाहन्थे । स्वभावजन्य कुरा पनि हुँदो रहेछ कि कसो ? मलाई शिक्षक तालिम कलेजमा तालिम दिनका लागि क्युमानामा पठाइएको थियो । हामी गाडिमा सवार थियो । हाम्रो यात्रा विमान स्थलतिरको थियो । छेवैमा रहनु भएका क्षेत्रपाललाई सोधे क्युमानमा शिक्षक तालिम केन्द्र छैन कि क्या हो सर ? उनले संक्षिप्त उत्तर दिए छैन । मैले उनलाई १९७७ मा आफुले झेलेको एउटा फरक समस्याको बारेमा जानकारी गराए । मलाई मेरो हेडक्वाटरले शिक्षक तालिमको लागि क्युमाना पठाएको थियो ।

मैले त शिक्षक तालिम हाइन, हाम्रा महान आर्दश चे ग्वेभाराको क्रान्तिकारी आर्दशको पाठ पढाईदिए । मलाई मेरो कमाण्डरहरुले टाउको कन्याउदै जिज्ञासा राखेको पनि थाहा थियो हैन यो सेकेण्ड लेफ्टिनेन्ट चे ग्वेभारा र बोलिभार क्रान्ति दर्शन रटाएर के गर्न लागि परेको छ ? बोलिभारलाई त मेरा हाकिमहरु श्रद्धा नै गर्दथे तर चे कमरेडलाई भने उनीहरुले सुन्नै चाहँदैन थिए । कमाण्डरहरुले मलाई बोलाएर सोधपुछ गरे । उनीहरुको उद्देश्य मैले लिखित स्पष्टीकरण नै देओस भन्ने थियो ।

पहिलो चरणमा नै उनीहरुको आशय त्यस्तो देखियो । मेरो मनमा चाहि मौखिक स्पष्टीकरण सम्म दिनु परे दिउँला भन्ने नै थिया । तर उनीहरुले मानेनन् मौखिक स्पपष्टिकरण । मैले लिखित स्पष्टीकरण बुझाउनु पर्ने भयो । मैले स्पष्टिकरणमा हाम्रा सत्रु को हुन् उनीहरुलाई कसरी चिन्ने भन्ने कुरा पढाएको भनेर जवाफ फर्काए तर यो कुरा सरासर गलत कुरा थियो । मैले बोलिभारको बारेमा जसरी कक्षामा आफ्नो धारणा थिए , कमरेड चे का बारेमा पनि त्यसै गरी पढाएको थिए ।

कमरेड एलैडा , सुन्नु होस सेना बनाउने भन्ने कुरा एकदमै लामो प्रक्रिया पनि हुँदो रहेछ । सन् १९७० र १८८० को दशक अध्ययन , सुचना सङ्कलनमा खर्चियौ । त्यसले हामीलाई दिन दुई गुणा , रात चार गुणाको दरमा परिपक्क बनाउँदै लगेको थियो । हामीमा आँट र साहस क्रमश खदिलो बन्दै थियो अब हामी जित्न सक्छौ । मुलुकलाई अराजकतामा धकेल्नेहरुलाई ठिक गर्न सक्छौँ । सन् १९८२ तिर म बोलिभियाको मध्य भागमा थिए । त्यो ठाँउ मलाई साह्रै मन पर्छ । म त्यति बेला केटौले सेकेण्ड लेफ्टिनेण्ड थिइन् । क्याप्टेन भई सकेको थिए । त्यही बेला भनेजुयलाको प्रख्यात रुख समन मुनि क्रान्तिको सपथ खाएका थियौ । त्यही रुखमुनी कुनै बेला हाम्रा आर्दश बोलिभारहरुले क्रान्ति क्याम्प खडा गरेका थिए। मान्छेहरु भन्छन् त्यो रुख करिब ३ सय वर्ष पुरानो थियो ।

विशाल र अजङगको त्यो रुखमुनी सरकारी सेनाभित्रै रहेर बोलिभरिएन क्रान्तिको लहर ल्याउने सपथ हामीले खाएका थियौ । त्यो सपथमा बोलिभारिएन समाजवादको प्रत्यक्ष तस्विर हामीले देखेका थियाँै । सन् १९८० को दशक भरी नै हामीले भित्र भित्रै क्रान्तिका लागि काम ग¥यौ । त्यो काम नितान्त जटिल र भयावह छदंै थियो । त्यो भयावहको बीचमा गरिएको काम अत्यन्तै रोमाञ्चक र सम्झना योग्य छ । मान्छेहरुले त त्यस घटनालाई दुस्साहसको पनि संज्ञा दिए । किनकी त्यो क्रान्तिको महान् अभियान थियो । आफुलाई कट्टर कम्युनिष्ट बताउनेहरुले त हाम्रो क्रान्तिलाई दक्षिणपन्थीको आरोप पनि लगाएको मैले सुनेको थिए र छु पनि । म यस्ता हल्का टिप्पणीको पछाडि दौड्ने मान्छे थिइन । किनकी हाम्रो क्रान्ति त उद्देश्य सहितको क्रान्ति थियो । हामी जनताका पक्षमा लडेका थियौँ । जसरी कमरेड चे लड्नुभयो । हामी लगभग त्यस्तै मार्गमा छौ । बाटो त फरक छ । बाटो फरक भयो भनेर त्यसलाई गलत ढंगले व्याख्या गर्ने संस्कृति मलाई मन पर्दैन ।

मेरो स्वभाव फौजी स्वाभाव हो । म त्यति लप्पन छप्पन जान्दिन । सन् १९९० को सुरुवाती थियो । संसारभर समाजवाद ढलेको भन्ने खबर आइरहन्थ्यो तर हामी त्यसैको यात्रामा थियौ । सन् १९७० देखि तयारी गरेको महान् अभियानलाई सफल पार्नु चानचने कुरा थिएन । सन् १९९२ सम्म पनि हामी निरन्तर त्यही काममा खटेका थियौ । १९९२ फेबु्रअरी ४ हाम्रो अन्तिम दिन थियो । त्यसैदिन हामी राजधानी काराकास कब्जा गर्ने लक्ष्य राखेका थियौँ । काराकास कब्जा गरेपछि देश भरीका अरु सैनिक क्याम्पसहरु त स्वत नियन्त्रणमा आउँछन् भन्ने नै थियो । 

म त्यतिखेर सरकारी सेनाको लेफ्टिनेन्ट कर्नेलको पदमा थिए । योजना कार्यान्वयनका लागि विभिन्न आर्कमा फरक फरक रुपमा साथीहरु खटिने याजना बनाइयो । त्यसमा सेनाको क्याम्प कब्जा गर्ने पहिलो योजना थियो भने दोस्रोमा राष्ट्रपति भवन कब्जा गर्ने र राष्ट्रपतिलाई पक्रेर जेल हाल्ने थियो । यसको सबै संयोजन मैले नै गरेको थिए । जब मैले काशन गरे । मेरा साथीहरु कोतखानातिर दौडिए र एक निमेषमा नै कोतखाना कब्जा भयो ।

प्रतिकार गर्न खोज्नेहरु पनि लेफ्टिपनेट कर्नेलको निर्देशनमा भएको भन्दै चुप लागेपछि त उनीहरु पनि मेरै कित्तामा आइ पुगे । काराकासको सान कार्लाे सैनिक व्यारेक बोलिभारिएन मुक्ति सेनाको कब्जामा परेको थियो । हाम्रो साथीहरु खुसीले चिच्याउदै थिए । सैनिक विद्रोह गरेर सना कार्लाे व्यारेक कब्जा गरेपछि हमी राष्ट्रपति निवास मिराफ्र्सतिर अगाडि बढ्यो । सैनिक क्याम्प कब्जा गरे रे भन्ने हल्ला काराकास भरी फैलिइसकेको थियो । हामी माथि ठुलो संकट आइपर्ने खतरा पनि कायम नै थियो । राष्ट्रपति भवन अगाडी बढ्दै गर्दा हामीले विभिन्न अवरोधहरुको सामना गर्नु परेको थियो ।क्रमश………

ह्युगो चाभेज लेफ्टिनेन्टदेखि राष्ट्रपतिसम्म भन्ने पुस्तकबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung