११ कार्तिक २०८३, मंगलवार

 

ढोरपाटनमा चिसोका कारण दिलबहादुरको मृत्यु

छविलाल पाण्डे ।

बागलुङको ढोरपाटनमा चिसोका कारण एक व्यक्तिको ज्यान गएको छ । ढोरपाटन नगरपालिका वडा नं.६ का ५६ बर्षिय बृद्ध दिलबहादुर भण्डारीको चिसोका कारण ज्यान गएको ढोरपाटन बाट सहकर्मि इन्द्र शाहिले बताउनु भयो ।

उहाँका अनुसार भण्डारी शुक्रबार सांझ ढोरपाटन नगरपालिका ६ आफनो घरदेखि वडा नं.९ ढोरपाटन नवि गाउँ जाने भनी हिंडेको र परिवारका सदस्य शनिबार विहानै नवि तर्फ जाँदै गर्दा बिजौरीखोला गाउँ नजिकै चौरमा मृत अवस्थामा शव फेला पारीएको बताइएको छ ।

बाटो हिंड्दै गर्दा साँझपखको अत्याधिक चिसोका कारण भण्डारीको ज्यान गएको आसंका गरीएको हो । ढोरपाटनमा गत हप्ता बुधबारदेखि निरन्तर हिमपात भएका कारण अत्याधिक चिसो बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung