राष्ट्रपति भवन वरपरबाट भीषण लडाई भयो । तर कुनै पनि उपाय लगाउँदा पनि राष्ट्रपति भवन कब्जा गर्न सकिएन । अन्तत हामी कि आत्म सर्मपण गर्नु पर्ने या कि मारिनुपर्ने अवस्थामा पुग्यो । मेरो केही प्रिय योद्धाहारु त मारिए पनि किनकी हामी जुन उद्देश्य लिएर मोर्चामा खटेका थियौ, त्यो काम सम्पन्न नगरीकन फर्कनु पर्ने अवस्थामा पुगेका थियौ । लडाई लगभग अन्त्य भयो त्यस दिनको म सहित मेरा साथीहरु पनि समातियौ । कहाँ नेर गल्ती भयो र के कारण असफल भयौ भन्नेमा हाम्रो समीक्षाको पाटो रह्यो ।
हाम्रो सैन्य विद्रोह असफल भए पनि सो विद्रोहले वर्षौ देखिको हाम्रो शक्ति भने विस्तार भएको थियो । हामी शक्ति सञ्चय भने गर्न सफल भएका थियौ । हामीलाई नियन्त्रणमा लिएर सेनाको कष्टडीमा राखिएको थियो । हामी जेलमै रहे पनि सेनामा विद्रोह जारी रहेको थियो । हामीलाई त्यति धेरै यातना भने दिइएको थिएन । सिपाहीहरुले सम्मानपुर्वक नै राखेका थिए । अपवाद बाहेक हामी प्रतिको व्यवहार राम्रै थियो ।
सेनाका उच्च अधिकृतहरु बाहेक तल्ला तहकाहरुले हाम्रो अभियानलाई साथ नै दिएका थिए । त्यही साथ र सहयोगका कारण सेनाभित्र विद्रोह जारी रहेको थियो । हामी जेलमा रहँदा पनि हामीले सङगठन विस्तारको कामलाई जारी राख्यौ, हामीलाई रिहाई गरिदाको दिनसम्म पनि त्यो काम जारी रहेको थियो । किनकी हामी निरन्तर रुपमा सेनाको सम्पर्कमा थियौ । जसका कारण हामी कष्टडीमा परेको भन्ने समेत अनुभव गर्न पाएका थिएनौ । किनकी हामी हाम्रो उद्देश्यमा प्रष्ट थियौ, दृढ निश्चयी थियौ ।
एलैडा कमरेड हाम्रो आन्दोलन भित्र प्रष्ट रुपमा एक पुस्ताको अन्तर थियो । परम्परागत पुस्ता र अलिकति केही गरौ भन्ने पुस्ता । यसको असर लामो समयसम्म पनि रहला कि भन्ने मलाई ठुलो आशंका छ । सन् १९९८ मा हामी राष्ट्रपनितमा निर्वाचित हुँदा होस वा सन् १९९९ मा भएको जनमत संग्रहसम्म पनि त्यसको छिटफुट असर देखिएको हो ।
मुलुकलाई बोलिभारिएन गणतन्त्र घोषणा गर्दा समेत यस खालको समस्या देखिएको हो । सन् २००० मा म राष्ट्रपतिमा निर्वाचित अवस्थामा नै रहँदा र नयाँ बोलिभारिएन संरकार गठन भइ सकेको समयसम्म पनि हाम्रो सशस्त्र समुहका कमाण्डरहरुको नयाँ गर्ने चाहदैन थिए । परम्परागत विचारबाट निर्देशित थिए । प्रायजसो सैन्य नेताहरुलाई यस्तै लागेको थियो तर म या मान्दैन थिए किनकी अधिकांश त मेरै पुस्ताका थिए , अधिकांश मेरे समकालिन र समकक्षी थिए । यसमा मलाई गर्व पनि छ ।
मेरा सबै समकक्षी बटालियन कमाण्डरहरुले बिद्रोहमा भाग लिएका थिए । किनकी युवा जोश त्यसमाथि मुलुक परिवर्तन गुर्नपर्दछ भन्ने साहस र दृष्टिचेत दुईटै थियो । कोहीको प्रत्यक्ष र कोहीले अप्रत्यक्ष रुपमा विद्रोहमा भाग लिए । सैन्य एकेडेमी र मुख्य सैन्य आधारहरुलाई छलफल र वहसको केन्द्र विन्दु बनाउनु पर्दछ भन्नेमा सबैको एकमत थियो । भीषण बहसकाबीचबाट मात्र नयाँ र नितान्त फरक विचारको जन्म हुन्छ भन्नेमा हामी दृढ थियाँै । त्यसकारण त सबै युवा कमाण्डरहरु विद्रोहहमा सहभागी भएका थिए ।
नागरिकसँग नजोडिएको सेनाले कुनै अर्थ राख्दैन । त्यो त केवल कुलिनहरुको रक्षाका खातिर मात्र परिचालित हुन्छ । राष्ट्र र जनताको त्यसले रक्षा गर्न सक्दैन । नागरिक चेतना प्रवाह गुर्नपर्दछ । नितान्त कोरा सकिदैनथ्यो । त्यसकारण हामीले यही विषयलाई बढ्ता जोड दिएका थियौँ । किनकी सेना नभएको जनतासँग आफ्नो भन्ने कुरा केही पनि हुदैन भन्ने माओको भनाई हामीले राम्रोसँग बुझेका थियौ । सोही उद्देश्यलाई पुरा गर्नका लागि मिलिटरी स्कुलमा मैले चार वर्ष भन्दा अलिक बढी पढाए । त्यसैले त मेरा छात्र सैनिकहरु विद्रोहमा सामेल हुने वातावरण निर्माण भएको थियो ।
मेरो साथीहरुमा, मेरा कमरेडहरुमा एकोस्टा काल्र्स, एकोस्टा चिजिन, ताचिन, र गर्भनर समेत रहनुभएका रोनाल्ड ब्लाङको र एडगर हर्नेन्डाजहरु नै क्रान्तिकारी युवाको मूख्य समुह थियो । यो समुह यति सशक्त र क्रान्तिकारी युवाको मूख्य समुह थियो कि एक निमेषमा जुनसुकै काम फत्ते गर्न सक्दथ्यो । हाम्रो यो समुह विस्तारै बढदै गयो ।
भित्र भित्रै हाम्रो क्रान्तिकारी दस्ता यति मजबुत र सुदृढ हुदै गयो कि, जुन सोचेभन्दा बिल्कुल गुणात्मक रुपमा अगाडि बढेको थियो । बोलिभार समुहमा सहभागी हुनेहरु अहिले पनि बोलिभारीएन समाजवादको पक्षमा दृढताका साथ लड्ने आँट गर्न सक्दछन । उनीहरु अहिले पनि त्यसैका पक्षमा लड्दै आएका छन् । बोलिभारिएन सिदान्तको लागि लड्ने कोही छ भने उनीहरु नै छन ।
म माथि कडा निगरानी राख्दै धेरै टाडा लखेट्ने सोच बनाइएको थियो । त्यसै कारण मलाई कोलम्बियाली सीमा छेउमा सरुवा गरियो । म माथि यति कडा निगरानी राखिएको थियो कि, म को सँग बोल्दछु, को कोेसँग भेट्छु र को को सँग सम्बन्ध राख्छु भन्ने कुराको पनि उनीहरुले रेकर्ड राख्ने गर्दथे । आधिकारीक रुपमा कुनै पनि युनिटको मलाई नेतृत्व प्रदान गरिएको थिइन् ।

म त जगेडामा परेको सैनिक अधिकृत जस्तो भएको थिए । मलाई एक्लै बिना कमाण्ड पठाइएको थियो । त्यो भूगोल घना जंगली क्षेत्रमा थियो । वन्यजन्तु लगायतको आक्रमण हुने खतरा पनि त्यति कै थियो । मैले त्यहि घनघोर जंगलको बीचमा बाचा गरे पटकपटक बाचा गरी रहे म त्यहाँ छु यहिबाट संघर्षमा होमिनेछु ।
समयक्रममा म काराकास आइरहन्थे , तर म भुमिगत जस्तै थिए । कोही कसैसँग भेट्न, बोल्न प्रतिबन्ध जस्तै लागेको थियो । म मिलिटरी स्कुल पनि जान सक्ने अवस्थामा थिइन । किनकी म मेरा कमरेडहरुको सुरक्षालाई खतरामा पार्न बिल्कुल चाहदैन थिन । किनकी त्यसले ठुलो सुरक्षा खतरा पैदा गर्ने वाला थियो । सामान्य गोपनियताका लागि पनि म पारदर्शी सम्बन्ध राख्न सक्दैनथे । कमाण्डर बताउनेहरुको चर्काे चासो र चियो यति धेरै हुन्थ्यो कि भनि साध्य नै थिएन । म कहाँ जान्छु , कोसँग बोल्छु कोसँग भेट्छु सबै कुराको चियो चर्चाे हुने गर्दथ्यो ।
मिलिटरी स्कुल बाहेकका क्षेत्रमा भने म खुलम खुल्ला साथीहरुसँग घुम्थे , चिया पिउन खाजा खान सफ्टबल खेल्न पनि जान्थे । मेरो जीवन रमाइलो पनि थियो । सट्फटबल खेल्नु मेरो प्रमुख सौखको विषय थियो । रात परेपछि भने म नक्कली कपाल लगाए वा अन्य विभिन्न भेष बदलेर आफ्नो मिशनलाई सफल बनाउनका लागि पर्दथे । भेष बदलेर घुन्नु पनि मेरो प्रमुख सौख भित्रै पर्दथ्यो ।
मसँग यस्तै खालको अर्काे घटना पनि छ, एकदिन मलाई यस्तो खबर आयो तत्काल ब्लाङ्को लेमसु आउनु भरे । मलाई लेफिटनेन्टले खबर गरेको थियो । म त मेजर थिए । उसले किन खबर गरेको हो भन्ने प्रष्ट थिएन , तर उलले मलाई बोलाएको थियो । ऊ भन्दै थियो , हामीलाई तपाईको खाँचो छ तपाई सैन्य एकेडेमीमा आउनुहोला । कोही कुरा तपाईसँग हामीले सिक्नुपर्नेछ । उसले थप भनेको थियो , आज राति तपाईको विशेष आवश्यकता छ । हामी सकरात्मक कामका लागि नै आमन्त्रण गरिरहेका छौ ।
तपाई जहाँबाट एकेडेमी प्रवेश गर्नुहुनेछ त्यही गेटको प्रमुख डिउटी मेरो जिम्मामा छ म तपाईलाई विजुलीको वेगमा एकेडेमी भित्र प्रवेश गराउने छु । राती डिउटी बाहिरका सबै जवानहरु आराम गर्न जानेछन् । हाकिमहरु सबै घर जालान् ,भएका पनि आफ्नै खोपीतिर नै रहनेछन् । डिउटीमा रहने म जस्तै सिमित मान्छेहरु मात्रै जग्गा रहनेछन् कमाण्डर तपाई जसरी पनि आउनु होला ।
रात परेपछि म सुटुक्क एकेडेमी छिरे । त्यो पनि चोरले झै झ्यालबाट किनकी त्यो मेरो पुर्णत भुमिगत शैली थियो । भेला भएका अधिकृतहरु छक्क परे । चाभेज त हावा सरी झ्यालबाट पो छि¥यो । तर उनीहरुलाई लागेको के रहेछ भने बोलिभारिएन क्रान्ति सम्पन्न गर्छु भन्ने नेता कतै निर्जन जंगलमा पुगेपछि अतासिएर मिशन नै परिवर्तन त गरेन ? उनीहरुले आशंका गरेका रिहेछ ।
मिशन नै त्यागिसकेको भए , हाम्रो योजना असफल त हुने होइन? तर म उनीहरुले आशंका गरे जस्तो विल्कुल थिइन । किनकी असल मान्छेको परीक्षा हुने भनेकै अप्ठ्यारो बेलामा हो । तर सुदृढ चेतना भएको मान्छेले जस्तो सुकै कठिन समयमा पनि गलत अनि उदेश्य भन्दा फरक बाटो लिन सक्दैन र त्यसो गर्नु पनि हुदैँन म या कुरामा ढुक्क थिए ।
मलाई एकेडेमीको एउटा कोठामा होसियारी पुर्वक पठाइयो । त्यहाँ जादै गर्दा भनियो आउनुहोस आज तपाईलाई नितान्त सरप्राइज छ । त्यो सरप्राइज देख्दा, तपाई साँच्चै खुसी हुनु हुनेछ र भन्नु हुनेछ, आहा, यो पो हो त तरिका कोठाबाट भित्र ठुलो हल रहेछ । त्यही हलमा पु¥याइयो । त्यहाँ त सैन्य पोशाकमा करिब ४० जना जवानहरु र केही लेफ्टिनेन्टहरु मेरो प्रतिक्षामा व्यग्रताका साथ बसीरहेको रहेछन् ।
म एकजना मात्र गैर सैन्य पोशाकमा थिए । किनकी म त चोर विरालोले जसरी नितान्त भुमिगत तरिकाले पो छिरेको थिए । हलमा छिर्ने वित्तिकै सबैले उठेर मेरो स्वागत गरे नभन्दै त्यो त सरप्राइज नै थियो मेरा लागि हलमा तत्कालै कार्यक्रम शुरु भयो । एकजाना खाइलाग्दो र उत्साहले भरिपुर्ण जस्तो देखिने क्याप्टेनले एकदमै उत्साहित बनाउने खालको भाषण गरे ।
उनको भाषण उत्साह र जोशको असल अभिव्यक्ति थियो । किनकी उनले एकदमै तथ्यलाई सत्यसँग जोडेर सटिक भाषण गरे । अनि मलाई युवा जवान र अधिकृतहरुका सामु आफ्नो वैज्ञानिक तर्क राख्न आग्रह गरे । म त तिन छक्क खाए । मलाई के पनि लाग्यो भने , यो क्याप्टेन के गर्दैछ , किन यस खालको कुरा गर्दैछ , यसको पारा केहो , किन यो बहुलट्ठीपुर्ण व्यवहार प्रर्दशन गर्दैछ ।
मलाई लाग्यो ,यत्तिका धेरै मान्छेका अगाडि त्यतिकै कसरी आफ्नो कुरा राखु । कसरी आफ्नो कुरा राख्नु । तर उनीहरुले मेरो कुरा एकदमै ध्यान दिएर सुने । मैले बोलेको कुनै पनि कुराको सन्दर्भलाई अन्यत्र ध्यान दिए भन्ने मलाई अहिले पनि लागेको छैन । मेरा प्रत्येक शब्द शब्दमा उनीहरुले मन्द मन्द ताली बजाए । बोल्ने समय सकिएपछि उनीहरुले दरिलो मुट्ठी उठाएर सपथ खान तयार भए । शरिर तनक्क तन्काएर बोलिभारिएन समाजवादको सपथ खाए मेरा कमरेडहरुले ।
एलैडा कमरेड यसरी जरो गाडेको हो , यसरी बीउ रोपेको हाम्रो विचारले । रोमाञ्चक छ हाम्रो यात्रा, तपाईलाई यो कुरा सुन्दर सपना देखेजस्तै लाग्दैन? यस्तो पनि हुन्छ, क्रान्तिमा तर भयो हाम्रोमा किनकी हामीले त्यही गरेका थियौ । धेरेलाई लाग्न सक्छ, यी त उडन्ते तर्क हुन तर म मान्दिन किनकी हाम्रो समाजवादी यात्राको सुरुवात यसैगरी भएको थियो ।
राज्य विरुद्धको अपराध गरेको भन्दै फेब्रुअरी ४ मा करिब सय जना अधिकृतलाई समातेर एकै ठाँउ ल्याइयो । हामीलाई कष्टडीमा हाल्ने योजना अनुसार नै त्यसो गरिएको हो । सानो ठाँउमा हामीलाई राखिएको थियो तर त्यो क्रान्तिकारी फौज थियो । विद्रोहका लागि तयार, आँधी ल्याउन सक्ने साहस भएको अनि विचारमा लैस क्रान्तिकारी चरित्र बोकेको बाढी तुल्य समुह थियो त्यो ।
कारकाजो काण्डले हामीलाई ठुलो शक्तिप्रदान ग¥यो । त्यसले नितान्त कडा र नकरात्मक प्रभाव पारे पनि , कारकाजो काण्ड विना सैन्य शक्ति सुदृढ गर्न मुश्किल थियो । किनकी हामीले त्यही अभियानलाई विद्रोहको पुर्व अभियानका रुपमा लिएका छौ र रहन्छौ पनि । हामीले आफ्नै साथी गुमाएको र उनीहरुको मृत शरिर सडकका यत्रतत्र लडेका देख्यौँ । त्यसले साह्रै पीडा दिएको थियो ।
ह्युगो चाभेज लेफ्टिनेन्टदेखि राष्ट्रपतिसम्म भन्ने पुस्तकबाट



















































































































































































































