बागलुडको जैमिनी नगरपालिकाको वडा नं ८ छिस्तीमा जीप दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।मंगलबार राति भएको जीप दुर्घटनामा दुर्घटनामा परी साविकको छिस्ती गाविस वडा नम्बर ९ का बर्ष १९ की प्रियंका पुन, १३ वर्षिय ज्योति पुन, वर्ष १४ की एलिना पुन र वर्ष ३० की तुलसी पुन श्रीसको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नावय उपरीक्षक चिरञ्जीवि कोईरालले जानकारी दिए ।दुर्घटनामा तिन विद्यार्थी र एक अभिभावक गरि चार जनाको ज्यान गएको छ ।
स्थानीय जनकल्याण माविको ४४ औँ वार्षिकोत्सव मनाएर घर फर्किने क्रममा विद्यालय रहेको रापुङ गाउँबाट हिडेको तिन मिनेटमै ध १ ज ७९१ नम्बरको पिक अप जिप दुर्घटनामा भएको थियो ।रापुङबाट नेपाने, केवै हुँदै चिनारासम्म जाने विद्यार्थी, अभिभावक र शिक्षक उक्त जीपमा चढेका थिए । मृतक सबै केवैको रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भिर घाइते भएका ३० वर्षिय धनकला श्रीस, १६ वर्षिय विष्ना श्रीस, १३ वर्षिय संगम श्रीस, १२ वर्षिय सम्झना पुनलाई धौलागिरी अंचल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि मणीपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको छ ।
घाइते १५ वर्षिय तृष्ण पुन, १२ वर्षिय सविना थापा, ११ वर्षिय निर्मल पुन, १२ वर्षिय पूजा पुन, ५० वर्षि नन्दकली पुनको धौलागिरी अंचल अस्पतालमा उपचार भैरहेछ । जीप चालक १८ वर्षिय प्रविन पुन र जीपमा सवार १३ वर्षिय विशाल परियार सामान्य उपचार पछि डिस्चार्ज भएका छन् । चालक पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ठुलो दुर्घटना पछि छिस्ती गाउँ शोकमग्न बनेको छ । जीप सडकदेखि करिव ७ सय मिटर तल खसेको थियो । जीप ओभर लोडको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको आशंका गरेको छ । चालक प्रविन सोही विद्यालयको कक्षा ९ मा अध्ययन गर्ने छात्र रहेको र थप अनुसन्धान समेत शुरु गरिएको छ ।
घटना लगत्तै प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल, प्रहरी उपरिक्षक दिपक रेग्मी र धौलागिरी अञ्चल अस्पतालका निमित्त प्रमुख शैलेन्द्र बि पोखरेल नेतृत्वको स्वास्थ्यकर्मीको टोली उद्धार र उपचारका लागि घटनास्थल पुगेको थियो । स्थानीयवासी, जनप्रतिनिधि र सुरक्षा निकायको सहयोगमा राति अवरेसम्म उद्धार गरिएको थियो ।



















































































































































































































