१० कार्तिक २०८३, सोमबार

 

काम गर्न आएको हुँ, काम गरेर देखाउँछु– एसपी शर्मा

बागलुङ । बागलुङमा केहि दिन अगाडि मात्रै सरुवा भएर आएका प्रहरी उपरिक्षक कृष्णहरि शर्मा पोख्रेलले आफूले काम गरेर देखाउने बताएका छन् ।

विहिबार जिल्ला प्रहरी कार्यालय बागलुङमा पत्रकारसँग परिचयात्मक कार्यक्रमको आयोजना गरी उनले आफू काम गर्न आएकोले काम गरेर देखाउने बताएका हुन् । आफूले काम गर्न आएका कारण काम गर्ने वातावरण सबै क्षेत्रबाट भएमा नै जिल्लाको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन आफूले सक्ने बताए ।

मानव बेचबिखन अनुसन्धान व्युरोबाट बागलुङ आएका पोखरेलले जिल्लाको शान्ति सुरक्षाको विषयमा आफू सम्बेदनशिल रहेको बताएका छन् ।


उनले जिल्लाको शान्ति सुरक्षा कायम गर्नका लागि सबैको सहयोग र साथको जरुरी हुने बताएका छन् । ट्राफिक व्यवस्थापन, लागुऔषध ओसारपसार, लैंगिक हिंसा, चोरी, मानव बेचबिखन लगायतका क्षेत्रमा सुरक्षा सुनौती रहेको भन्दै उनले चुनौतीको सामना गर्नका लागि सबैको साथ र सहयोग भएमा मात्रै समस्याको समधान हुने बताए ।

एसपी पोख्रेलले जिल्लाको शान्ति सुरक्षालाई मजबूत बनाउनको लागि थप अध्ययन गरी नयाँ कार्ययोजना तयार गरी आफू जिल्लाको शान्ति सुरक्षा र जति पनि जिल्लामा हुने सामाजिक अपराधका घटनाहरु छन् त्यसको न्यूनिकरणको लागि आफू लागि पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung