७ जेष्ठ २०८१, सोमबार

 

बागलुङको बडिगाडमा श्रीमानद्वारा श्रीमतीमाथि गोली प्रहार

बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका – १० पात्ले गोटरीमा श्रीमानद्वारा आफ्नै श्रीमतीमाथी गोली प्रहार गरेको छ । चन्द्रबहादुर घर्तीले आफ्नै श्रीमती बालकुमारी घर्तीलाई गोली प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

श्रीमानले श्रीमतीमाथी गोली प्रहार गर्दा गोलीको छर्राले लागेर श्रीमती घाईते भएको वडा अध्यक्ष विरेन्द्र बुढाले बताउनुभयो । घटना घट्नुको कारण भने खुल्न सकेको छैन् । आवेगमा आएर श्रीमतीलाई गोली प्रहार गर्न खोजिएको हुन सक्ने अनुमान गरिएको छ ।

श्रीमतीको स्थानीय दर्लिङ स्वास्थ्यचौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नयाव उपरीक्षक चिरञ्जीवी कोइरालाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्