६ जेष्ठ २०८१, आईतवार

 

नगरपालिकासँग भएको सम्झौता कार्यान्वयन नभएको गुनासो

बागलुङ । धौलागिरी फोहोर तथा वातावरणीय सहकारी संस्थाका संरक्षक पद्यमचन्द्र राजभण्डारीले बागलुङ नगरपालिकाले असहयोगका कारण आफूहरु फोहोरमैला संकलन गर्न नसक्ने अवस्थामा पुगेको बताए ।

धौलागिरि संचार क्लब बागलुङले आयोजना गरेको समसामयिक बिषयको समक्षात्कार कार्यक्रमको २४ औ श्रृङखलामा सहकारीका अध्यक्ष राजभण्डारीले बागलुङ नगरपालिकाले सहकारीसंग २०७८ सालसम्म सम्झौता भएपनि चालु आवमा सम्झौता नबिकरण नभएको संरक्षक राजभण्डारीले बताए । बागलुङ नगरपालिकाले फागुन २५ गतेभित्र सहकारी संगको सम्झौता नबिकरण नगरे फोहोर फाल्न नसक्ने राजभण्डारीले बताए । सम्झौता अनुसार काम भैरहेपनि नगरपालिकाले आफूले दिएको ६ जना कर्मचारीलाई फिर्ता बोलाएर सम्झौतालाई उल्लङ्घन गर्न खोजेको उनको आरोप छ।

बागलुङ नगरपालिकाका मेयरले आफुहरूसँग भएको सम्झौता तोडेर अन्यलाई दिन खोज्नुभएको छ । मेयरले अहिलेसम्म संस्थाको नविकरण समेत गर्न मान्नुभएको छैन । मेयरले एक्लौटी चलाउन खोजेको उनको आरोप छ । हामीले निमित्त प्रमुख िजम्मेवारीमा रहेका उपमेयरसँग ५ वटा सहमति ग¥यौं तर उहाँले त्यसलाई पनि मान्न हुनुभएन् । हामीसँग नगरपालिकाले गरेको सम्झौता मेयरले एकलौटी रुपमा तोड्न खोजेको उनको आरोप छ । हामीसँग भएको सम्झौता कार्यान्वयन भएन र सोही अनुसार काम गर्ने वातवरण छैन् ।

आवश्यक बजेट नहुदाँ र स्थानीय तहले मन्त्रालयबाट आएको रकमसमेत फ्रिज गरिदिदाँ  कम्पोष्ट बनाउनको लागि ल्याएको १६ लाखको मेशिन स्टोर रुममा नै थन्किएको उनले बताए । राज्यबाट आएको पैसामा समेत राजनीतिकरण गरियो र फ्रिज बनाउने काम भएको उनको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्