काठमाडौं । भीमफेदी कारागरका जेलर मदन अधिकारी बिरुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्धा दायर गरेको छ । उनले कैदीसँग अनेत्र सरुवा गर्ने डर धाकधम्की देखाई घुस माग गरेको सुचनाका आधारमा उनलाई अख्तियार दुरुप्योग अनुसन्धान आयोगको हेटौडा टोलीले घुसको रकम सहित नियन्त्रणमा लिएको थियो ।
अख्तियारको बिहीबार जारी बिज्ञप्तीका अनुसार मकवानपुर कारागार कार्यलय भीमफेदीका जेलर शाखा अधिकृत मदन अधिकारीले कारागार कार्यलय भीमफेदीमा कैदी जीवन बिताइरहेका लागु औषध मुद्धाका कैदीसँग रकम माग गरी रकम नदिएमा अन्यत्र सरुवा गरिदिन्छु । भनेर डर धाकधम्की देखाई घुस रकम माग गरेको सुचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा कार्यलयबाट खटी गएको टोलीले जेलर अधिकृत अधिकारीले ७५६ हजार रुपैयाँ घुस वापत लिईरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो । भ्रष्ट्राचार निवारण ऐन ०५९ को दफा (१) र दफा ३ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई बिशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको अख्तियारले जानकारी गराएको छ ।



















































































































































































































