१० कार्तिक २०८३, सोमबार

 

ल्याब टेक्निसियन रोका घुससहित पक्राउ (विज्ञप्तिसहित)

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका ल्याब टेक्निशियन सरोज रोकालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुसको २२ हजार रुपैयाँ सहित नियन्त्रण लिएको छ ।

आयोगले सुचनाका आधारमा उनले काममा आलटाँल गरी सेवाग्राहीसँग घुस असुलीरहेको अवस्थामा शुक्रबार नियन्त्रणमा लिएको जनाएको छ ।

रोकालाई आयोगको टंगालस्थित कार्यलयबाट गएको टोलीले नियन्त्रणमा लिएको हो । उनले लिएको घुसको रकम सहित उनलाई थप अनुसन्धान गरिरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung