विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीले कटहरी गाउँपालिकामा तरकारी तथा फलफूल थोक बजारको उद्घाटन गर्नै क्रममा प्रम केपी ओलीले कुनैबेला आफु पनि कृषक रहेको खुलासा गरे । विगतमा आफुले पनि कृषिकर्म गरेको स्मरण गर्दै अहिलेको अवस्थाामा परिवर्तन आएको उनले बताए ।
प्रम ओलीले तरकारी तथा फलफूल थोक बजारको बजारको साँचो प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरे । त्यस क्रममा ओलीले आफू पनि कृषक भएको र खेती गरेको अनुभव सुनाए । राँगा र गोरु नारेर मैले पनि हलो जोतेको छु, कोदालो चलाएको छु, आली लगाएको छु’, प्रधानमन्त्रीको कथन थियो, ‘दाइँ गरेको छु, धान झाँटेको छु। सनपाट लगाएको छु, काटेको छु। तोरी र गहुँ खेती पनि गरेको छु।’उनले भने, ‘तर मैले खेती गर्दा अहिलेको जस्तो सरकार थिएन। अहिलेको जस्ता सुविधा थिएनन्। प्राविधिक सहयोग थिएन।’
प्रधानमन्त्री केपीले आजको मुख्य समस्या उत्पादन र उत्पादकत्व बढाउनु हो । कृषि उत्पादन बृद्धि गर्न सहकारीका माध्यमबाट चक्लाबन्दी खेती आवश्यक रहेको उनले बताए । कुनै किसानले ४ डोका टमाटर फलायो भने कसरी काठमाडौं पुर्याउने’, उनको भनाइ थियो, ‘तर सबै मिलेर एकै ठाउँमा चक्लाबन्दी गरेर ४ सय डोका टमाटर फलाउँदा ट्रकमा हालेर लैजान सकिन्छ ।’
प्रदेश नम्बर १ कै नमूनाको रुपमा लिइएको यो तरकारी बजारको क्षमता देशभरमै दाबी गरिएको छ । बजारको उद्घाटन गत कात्तिकमै हुने निश्चय भएपनि प्रधानमन्त्री ओलीको समय मिल्न नसकेका कारण पाँच महिना ढिलो गरेर उद्घाटन भएको छ । विराटनगरको गुद्री बजारलाई व्यवस्थित गर्न कटहरीमा क्षेत्रीय तरकारी बजार निर्माण गरिएको हो।
विराटनगरस्थित मूल सडकमा लाग्दै आएका साप्ताहिक हाटलाई सोही स्थानमा स्थान्तरण गरेर व्यवस्थापन गर्ने महानगरको योजना छ। स्थानीय जनप्रिय माध्यमिक विद्यालय र कटहरी गाउँपालिकाको ५ बिघा क्षेत्रफल जग्गामा १५ करोड ४८ लाख ४९ हजार रुपैयाँ लागतमा बजार निर्माण गरिएको हो। स्थानीइ जनप्रतिनीधिका अनुसार विश्व बैंकको आर्थिक सहयोगमा व्यवसायिक कृषि तथा व्यापार आयोजनाले क्षेत्रीय थोक कृषि बजारका रूपमा यसलाई निर्माण गगरिएको छ । रेको हो। थोक विक्रेताका लागि गोदामसहितको सटर निर्माण गरिएको छ ।
कृषि सचिव डा. युवकध्वज जिसीका अनुसार थोक व्यापारीलाई ३८ वटा स्टल दिइनेछ। सविच जिसीले प्रदेश नं बाट बार्षिक ४४ हजार मेट्रिक टन तरकारी र १० हजार मेट्रिक टन फलफूलको कारोबार हुने जानकारी गराए । प्रधानमन्त्री कृषि बजारको उद्घाटन तथा निर्माणका लागि मोफसलमा पुग्दा कृषि तथा सहकारी मन्ँत्री कृषका लागि आएको चीन भ्रमणको निम्तोमा पार्टीका कार्यकर्तालाई कृषक बनाएरु चीन भ्रमणमा निस्किएका छन् ।



















































































































































































































