११ कार्तिक २०८३, मंगलवार

 

नेविसंघद्वारा पार्टी कार्यालयमा धर्ना

काठमाडौं । नेपाली कांग्रेस भातृसंगठन नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरुले केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन् । नैनसिंह महर अध्यक्ष रहेको नेविसंघ केन्द्रीय समिति भंग भएपछि नयाँ बन्ने समितिमा ३२ वर्षे उमेर हदबन्दी लगाउनुपर्ने माग गर्दै उनीहरुले धर्ना दिएका हुन् ।

संघको विधान कार्यान्वयन गर्नुपर्ने, तदर्थ समिति गठनमा ३२ वर्षे उमेर हद कायम राख्नुपर्नेलगायत माग राखेर महाधिवेशनको वातावरण बनाउन दबाब दिन धर्ना दिएको नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले बताए।

धर्ना कार्यक्रममा निवर्तमान उपाध्यक्ष डिल्लीराम सुवेदी, निवर्तमान केन्द्रीय सदस्य, सुशिल भट्ट निरञ्जन थापा, पवन थापा लगाएतका विद्यार्थी नेता कार्यकर्ता पार्टी कार्यालय सानेपामा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung