११ कार्तिक २०८३, मंगलवार

 

‘थोराङ्गला ऐडभेन्चरले गर्यो होली उत्सव’

काठमाडौं । टोखास्थित रहेको थेराङ्गला ऐडभेन्चर प्रालिले होली उत्सव गरेको छ । नेपाल भित्रने आन्तरिक तथा बाह्य पर्यटक लक्षित गरी सञ्चालनको पूर्वसन्धामा ऐडभेन्चरले उक्त कार्यक्रम गरेको हो ।

कार्यक्रममा प्रतिनिधि सभाका सांसद देबेन्द्र पौडेलले सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने तयारीका साथ त्यस वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको बताए । लक्ष्य प्राप्तीका लागि सरकारी नीतिसमेत परिवर्तन गरी नेपाल आउने पर्यटकको संख्या वृद्धि गर्नेमा सरकारले ध्यान दिनुपर्ने बताए ।

अघिल्लो वर्षको तुलनामा यसवर्ष नेपाल घुम्न आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको बताउँदै पर्यटकहरुलाई प्रोत्साहन गर्ने ट्रावल्स ऐजेन्सीहरुका लागि सरकारले छुट्टै व्यवस्था गर्नुपर्ने बताए ।

कार्यक्रमा सञ्चालक समितिका अध्यक्ष डम्मर थापाले आन्तरिक तथा बाह्य पर्यटकहरु नेपाल धुम्न आएका बेला कुनै किसिमको समस्या नपरोस भन्दै थोराङ्गला ऐडभेनचर स्थापना गरेको बताए । पर्यटहरुलाई ट्रेकिङको बेला नेपालको भौगोलिक, ऐतिहासिक सामाजिक अवस्था, भेषभुषा र संस्कृति आदीको परिचय गराउँदै पर्यटकको बसाई सकेसम्म बृद्धि गर्ने लक्ष्य रहेको स्पष्ट पारेका थिए । सो अवसरमा नेकपा नेत्रृ बलावति शर्मा, नेता कृष्ण केसी, संस्थाका म्यानेजिङ डाइरेक्टर मनिराम अधिकारी, कलाकार, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung