सिरहा। माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत आज सम्पन्न अनिवार्य गणित बिषयको परीक्षामा सिरहाको बिभिन्न परीक्षा केन्द्रबाट दुई जना निरीक्षकलाई निष्काशित गरेको छ भने १३ परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।
परीक्षार्थीलाई चिट चोर्न सहयोग गरेको भन्दै परीक्षा अनुगमन टोलीले चन्द्र माविबाट श्रीमती शुषमा यादव र सारस्वर माविबाट प्रदिप मण्डल परीक्षा केन्द्रबाट १/१ गरि २ जना निरीक्षकलाई निष्काशित गरिएको सिरहाका जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख डोलराज पाण्डेले जानकारी दिए ।
यस्तै परीक्षाको मर्यादा बिपरित कार्य गरेको भन्दै परिक्षा अनुगमन टोलीले लहान नगरपालिकाको बस्तीपुर परिक्षा केन्द्रबाट समावि ढोढनाबिरनगरका ४, लिटिलस्टार सेबोइ लहानका २, न्यू मनोकामना एजुकेशन एकेडमि लहानका १, संकल्प बाटिका लहानका १ जम्मा ८ परीक्षार्थी र सारस्वर मावि परीक्षा केन्द्रबाट ब्रझजमावि माडरका २ जना र मावि भलुवाही परीक्षा केन्द्रबाट लासमावि माडरका १र एभरग्रिन एकेडमी, सिरहाका १ र चन्द्र मावि परिक्षा केन्द्रबाट ललकुमावि रघुनाथपुर लहानका १ जना परिक्षार्थीको परीक्षा रद्द गरिएको पाण्डेले बताए ।
यसबाहेक अन्य परिक्षा केन्द्रमा शान्तिपुर्ण रुपमा आजको परिक्षा सम्पन्न भएको उनले बताए ।



















































































































































































































