काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन रहेको जानकारी गराउदैं भ्रष्ट्राचारमा शुन्य सहनशीलताकाे नीति लिएर सरकार अघि बढेको बताएका छन् । शुक्रबार राजधानीमा लगानी सम्मेलन उद्घाटन गर्दै विदेशी लगानीकर्तालाई नेपालमा लगानीको सूर्वण अवसर रहेको जानकारी गराउने क्रममा उनले यस्तो बताएका हुन् ।
सरकार निजी क्षेत्रलाई सँगै लिएर हिँड्न तयार रहेको बताए । लगानीका लागि सरकारले स्वदेशी तथा विदेशी पुँजी परिचालन गर्दा एक अर्काका सहयोगी हुने बातावरणा बनाउन सरकार तयार रहेकाे उनले बताए । यतिबेला देशमा दुई तिहाइ बहुमतको सरकार रहेको जानकारी गराउदैं विदेशी लगानीको संरक्षण र नाफाको ग्यारेन्टीका लागि सरकार प्रतिबद्ध रहेको विश्वास दिलाए । सम्मेलनमा करिव ७ सय विदेशी पाहुनाको सहभागीता रहेको छ ।
लगानीकर्ताका लागि अत्यन्तै उच्च नाफा र संभावना भएका ७७ वटा परियोजनाहरु सरकारले लगानीकर्ता सामु अघि सारेको छ । उनले नेपालले सबै राजनीतिक संक्रमणहरुलाई पार गर्दै स्थायित्वको अवस्थामा आइपुगेकोले नेपालको लक्ष्य आर्थिक समृद्धि भएको समेत बताए। प्रधानमन्त्री ओलीले नेपाली लगानी सरह नै विदेशी लगानीको पनि संरक्षण र सहुलियत हुने प्रतिवद्धता जनाए।
‘मेरो सरकारको नीति नै समृद्ध नेपाल सुखी नेपाली हो।’ यसका लागि हाम्रो आन्तरिक स्रोतबाट मात्र पुग्दैन ,त्यसैले तपाईहरुसँग साझेदारी गर्न यो सम्मेलनको आयोजना गरिएको जानकारी उनले गराए ।
कार्यक्रममा विदेशी लगानीकर्ताका लागि भौगोलिक हिसाबले पनि नेपाल उपयुक्त रहेको दाबी गर्दैं नेपाल चीन र भारतको बीचमा अवस्थित छ । जुन ठूला बजार पनि हुन् । उनले नेपाल र भारतबीच अधिकांश बस्तु तथा सेवामा कर छुट रहेको बताउँदै चीनसँग पनि त्यही स्तरको समझदारी भएको जानकारी गराए ।
उनले लगानीको वातावरणलाई थप बलियो बनाउन कानुनी र संरचनागत सुधार भइरहेको जानकारी समेत गराए । विदेशी लगानीकर्ताको सहजताका लागि एक द्वार केन्द्रु संचालनको निती अपनाएर सरकारले लगानीको बाताबरण बनाएको प्रम ओलीले बताए।
उनले नेपाल चाँडै नै न्यून आय भएको मुलुकबाट मध्यम आय भएको मुलुकमा स्तरोन्नती हुन लागेको जानकारी गराए । प्रधानमन्त्री ओलीले नेपालको विकाससँगै लगानीकर्ताको लाभ साझा साझेदारीबाट मात्र संभव भएकाले नेपालको जुनसुकै क्षेत्रमा लगानी गरे पनि नाफा हुने उनको दावी छ ।
ओलीले नेपालमा कमाएको पैसा लैजाने ग्यारेन्टी गरिएको बताउँदै जग्गा प्राप्ति, रजिष्ट्रेसनमा सहजीकरण गरिएको बताए। प्रधानमन्त्री ओलीले पछिल्लो समय नेपाली श्रम बजारमा युवा जनशक्ति बढ्दो रहेको बताउँदै यसबाट उत्पादकत्व वृद्धि गर्न लगानीकर्तालाई सहज हुने बिचार व्यक्त गरे । उनले भूक्तानी प्रकृया अनलाइन माध्यमबाट हुने ब्यवस्था गरिसकेको बताउँदै अन्य सुधारका कामहरु लगानीकर्तासँग छलफल गरेर गर्न तयार रहेको प्रतिबद्धता समेत ब्यक्त गरे। लगानी प्रवर्द्धन गर्न विशेष आर्थिक क्षेत्र सञ्चालनमा आइसकेको बताउँदै थप सात वटा सञ्चालनको तयारी भइरहेको जानकारी समेत गराए ।
अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालले केही बर्षदेखि निरन्तर उच्च आर्थिक वृद्धि हासिल गरिरहेकाले विदेशीका लागि नेपाल लगानीका लागि उपयुक्त स्थान रहेको बताए । लगानी सम्मेलनमा विदेशी पाहुनाहरुलाई स्वागत गर्दै उनले सरकारले परियोजनाहरु तयार पारेर राखेकाले त्यसमा काम गर्न विदेशी तथा स्वदेशी लगानीकर्तालाई आग्रहसमेत गरे। उनले नेपालको आर्थिक अवस्थाको तथ्यांक सहित जानकारी गराउदैं नाफाको ग्यारेन्टी समेत गरे ।
















































































































































































