काठमाडौं । माध्यमकि शिक्षा परीक्षा (एसईई) सामाजिक परीक्षाको प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित गरिएको छ । आज हुने भनिएको सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले अनुसार दुई नम्बर प्रदेशमा सामाजिक र विज्ञान विषयको परीक्षा रद्द गरी पुनः गर्नुपर्ने भएको छ । परीक्षा रद्दको विरोधमा विद्यार्थीहरुले तोडफोड गरेका छन् ।

प्रदेश दुईका वीरगञ्ज, रौतहट र महोत्तरी लगायतका जिल्लामा विद्यार्थीहरुले गाडि र घरमा तोडफोड गरेका हुन्। तोडफोडमा संलग्न रहेको भन्दै प्रहरीले तीन दर्जन भन्दा बढी विद्यार्थीलाई पक्राउ गरेका छ । स्थितिनियन्त्रण लिन विद्यार्थीमाथि प्रहरीले अशुर ग्यास र लाठी चार्ज गरेकोे छ । प्रहरीले विद्यार्थीलाई अपराधि जस्तै गरेर घोक्र्याएको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसको आलोचना गरिएको छ ।



















































































































































































































