१० कार्तिक २०८३, सोमबार

 

विप्लव समूहका नेता पर्वतबाट पक्राउ

 

पर्वत । विप्लब नेतृत्वको नेकपाका एक जिल्लास्तरीय नेता पर्वतमा पक्राउ परेका छन् । पर्वतको फलेवास नगरपालिका – ७ लिमिठानाका धर्म पौडेल शुक्रवार बिहान पक्राउ परेका हुन ।

नेकपा पर्वतका जिल्ला सदस्य समेत रहेका पौडेललाई जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले उनकै निवासबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

पक्राउ परेका पौडेललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । पछिल्लो समय विप्लब नेतृत्वको नेकपाले गरेको हिंसात्मक गतिविधिलाई सकारले प्रतिबन्ध लगाउने निर्णय गरेपछि प्रहरीले निगरानी बढाएको छ । केहि दिन पहिले छिमेकी जिल्ला म्याग्दी र कास्कीबाट पनि विप्लबका नेता तथा कार्यकर्ताहरु पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung