काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका –७ जजीतपुरमा प्रहरी र विद्यार्थी बिच झडप भएको छ । विद्यार्थी र प्रहरीबीच भएको झडपमा प्रहरी जवान निरु श्रेष्ठ घाइते भएका छन् । परीक्षा स्थगित भएको विरोधमा विद्यार्थीले विरगंज पथलैया सडक अवरुद्ध गरेपछि प्रहरीले लाठि चार्ज गरेको हो ।
यसैगरी प्रहरीको कुटाईबाट रमिता चौधरी घाइते भएको र निजको अवस्था चिन्ताजनक बताइएको छ। चौधरी जीतपुरसिमरा उपमहानगरपालिका ५ बकुलिया स्कुलमा अध्ययनरत छात्रा हुन । उनलाई उपचारका लागि नारायाणी उपक्षेत्रीय अस्पताल लगिएको छ ।



















































































































































































































