११ कार्तिक २०८३, मंगलवार

 

मलेसियाको भिसा पाएकालाई भोलिदेखि श्रम स्वीकृति

काठमाडौं । मलेसियाको कलिङ भिसा पाएकाहरुले भोलि सोमबारदेखि श्रम स्वीकृति पाउने भएका छन् । मलेसियाका रोजगारदाताबाट यसअघि नै कलिङ भिसा पाएकाहरुलाई श्रम स्वीकृति प्रदान गर्न वैदेशिक रोजगार विभागले श्रम कार्यालय ताहाचललाई पत्राचार गरेको छ ।

विभागले मलेसियसन दूतावासबाट भिसा स्वीकृत गराउन वैदेशिक रोजगार व्यवसायी संघलाई जिम्मा दिएको छ । संघले अन्तिम श्रम स्वीकृति लिनुपर्ने व्यवसायीलाई सम्पर्क गर्न अनुरोध गरेको छ । मलेसियाले स्वास्थ्य परीक्षण गर्ने संस्थाको मापदण्ड पठाएपछि १० महिनादेखि बन्द मलेसियाको रोजगारी खुल्न लागेको हो ।

तथ्याङ्कअनुसार झण्डै सात हजार जना कलिङ भिसा लिएर अन्तिम श्रम स्वीकृतिको पर्खाइमा छन् । कलिङ भिसा लागेकाले भोलिदेखि श्रम स्वीकृति पाउने भए पनि नयाँका लागि भने मलेसियाको रोजगारी खुल्न अझै केही दिन लाग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung