१० कार्तिक २०८३, सोमबार

 

शिक्षक प्रहरीबीच झडप

काठमाडौं । आन्तरिक परीक्षामा फेल भएका अस्थायी शिक्षकहरुले काठमाडौमा प्रदर्शन गरेका छन् । पुनः आन्तरिक परीक्षाको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।  बुधबार दिउँसो उनीहरुले माइतधरबाट नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । प्रदर्शनमा प्रहरी र शिक्षकबीच झडप भएको छ ।  झडपमा केही शिक्षक सामान्य घाइते भएको बानेश्वर प्रहरीले जनाएको छ । आफूहरु शिक्षक सेवा आयोगको परीक्षा पुनः दिनपाउनुपर्ने भन्दै प्रदर्शनमा उत्रेका हुन् ।  

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung