काठमाण्डौ । रोटरी क्लवले बाराका हावाहुरी पीडितलाईं राहत सामाग्री वितरण गरेको छ ।बाराको गढीमाई नगरपालिका वडा नं ७ का ७६ परिवारलाई राहत सामाग्री वितरण गरेको रोटरी क्लव अफ त्रिपुरेश्वरका अध्यक्ष भरत कुमार श्रेष्ठले नयाँ विश्वलाई बताउनु भयो ।

बारा जिल्लाको गढीमाई नगरपालिका वडा नं ७ को तलगाई गाउँमा रोटरी क्लव अफ त्रिपृुरेश्वर ,रोटरी क्लव अफ धुलिखेल,रोटरी क्लव अफ विरगंज र रोटरी क्लव अफ विरगंज मट्रोपोलिसको संयुक्त प्रयासमा लत्ताकपडा,शैक्षिक सामाग्री ,भाडाँकुडाँ ,झुल लगाएत समान भएको एक्वा बक्स ७६ परिवारलाई हस्तान्तरण गरिएको थियो ।
राहत वितरण कार्यक्रमलाई जनजागरण युवा क्लव बारा,एक्वा बक्स फाउण्डेसन बेलायत ,रोटरी क्लव अफ वक्सिवइस्ठ बेलायत र शसस्त्र प्रहरी बलले सहयोग गरेका थियो ।
कार्यक्रममा रोटरी क्लव अफ त्रिपुरेश्वरका अध्यक्ष भरत कुमार श्रेष्ठ, रोटरी क्लव अफ धुलिखेलका पूर्व अ्रध्यक्ष अशोक श्रेष्ठ ,रोटरी क्लव अफ त्रिपु्रेश्वरका सदस्य तथा बागलुङ कल्याण समाज काठमाण्डौका उपाध्यक्ष रसुमिला श्रेष्ठले पीडित परिवारलाई सहयोग सामाग्री वितरण गर्न पाउँदा सन्तोष लागेको विचार व्यक्त गरेकी थिइन् ।






















































































































































































































